३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

३१ वर्षीय एभान नेपालीले झुण्डिएर आत्महत्या गरे

रोल्पामा एक पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या

सार्वजनिक क्वारेन्टिन खाली छैन भनेर उनलाई एक्लो घरमा राखिए पनि भारतबाट आएकाहरुले उनलाई क्वारेन्टिनमा बस्न नदिएको जनाईएको छ
रोल्पामा एक पुरुषले क्वारेन्टिनमै गरे आत्महत्या

असार १७ गते २०७७

रोल्पाको गंगादेव गाउँपालिकाका एक पुरुषले क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका छन् । केहि दिन अघि विदेशबाट घर आई गंगादेव गाउँपालिका वडा नम्वर ५ को क्वारेन्टिनमा बसेका ३१ वर्षीय एभान नेपालीले बुधवार दिउँसो करिव १ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङ्गले जानकारी दिए ।

उनी दुवईबाट घर आई सार्वजनिक क्वारेन्टाईन खाली नभएपछि असार १० गते देखि गाउँकै १ जनाको खाली घरको क्वारेन्टिनमा बसेका थिए । सोही घरको छानाको धुरीबलामा झुन्डिएको अवस्थामा उनकै १० वर्षका छोराले देखेर परिवारमा खबर गरेको डिएसपी गुरुङ्गले बताए ।सार्वजनिक क्वारेन्टिन खाली छैन भनेर उनलाई  एक्लो घरमा राखिए पनि भारतबाट आएकाहरुले उनलाई क्वारेन्टिनमा बस्न नदिएको जनाईएको छ  ।

प्रतिक्रिया दिनुहोस