३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

नियमित स्वास्थ्य परीक्षण

अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली

बुधबार अपरान्ह प्रधानमन्त्री ओली मुटुसम्बन्धी परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका थिए
अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री ओली

असार १७ गते २०७७

मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएको छन् । बुधबार अपरान्ह प्रधानमन्त्री ओली मुटुसम्बन्धी परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री निवास फर्किएको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नुभएको छ ।’

 

प्रतिक्रिया दिनुहोस