२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

अध्यक्षलाइ नै हटाउने भए पार्टी महाधिवेशनको प्रक्रिया शुरु गर

किन छोडने प्रधानमन्त्रीले प्रधानमन्त्री र पार्टी अध्यक्ष ?

बैठकमा अध्यक्ष प्रचण्डले ‘तपाईलाई प्रधानमन्त्रीबाट भारतले नभई मैले हटनुस भनेको हो’ भन्ने कुरा बोलेपछि अहिले देशभक्त शक्तिहरु र भारतपरस्त शक्तिहरुवीचको ध्रुविकरण तीव्र
- कविता अधिकारी

किन छोडने प्रधानमन्त्रीले प्रधानमन्त्री र पार्टी अध्यक्ष ?

असार १७ गते २०७७

हिजो बसेको नेकपा स्थायी समिति बैठकमा केही नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेछन् । बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय स्वाधिनताकालागि काम गर्दा भारत लगायत देशी विदेशी अदृष्य शक्तिहरुले आफुलाई हटाउन लागेको भन्ने उहाँको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै तत्काल पार्टी र प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने माग गरेकोे कुरा यतिबेला सामाजिक सञ्जाल र राजनीतिक बृतमा चर्चाको बिषय बनेको छ । जननेता मदन भण्डारीको ६९ औं स्मृति जयन्ति कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतीय मिडियामा सम्प्रेषित समाचारप्रति असन्तुष्टि जनाउदै आफना बिरुद्ध राजनीतिक चलखेल भइरहेको बताउनुभएको थियो । लिपुलेक, लिम्पियाधुरा र कालापानीक्षेत्र समेटिएको नयाँ नक्सा बनेपछि भारत र भारतीय गोटी बनेर देशका विरुद्ध क्रियाशील शक्तिहरु केही रुष्ट बनेको भारतीय मिडियाको प्रचारशैली आम जनतालाई थाहा नै थियो । जुन कुरा नै प्रधानमन्त्रीले कार्यक्रममा भन्नुभएको थियो । तर हिजोको पार्टी स्थायी समितिकोबैठकमा अध्यक्ष प्रचण्डले ‘तपाईलाई प्रधानमन्त्रीबाट भारतले नभई मैले हटनुस भनेको हो’ भन्ने कुरा बोलेपछि अहिले देशभक्त शक्तिहरु र भारतपरस्त शक्तिहरुवीचको ध्रुविकरण तीव्र  बनेको छ ।

जिम्मेवार नेताहरुको सवालजवाफलाई लिएर यतिबेला नेकपाका नेता कार्यकर्तामाझ मात्र होइन आम जनतामा पनि एकखालको बेचैनी छाएको छ । ठिक ढंगले अघि बढदै गएको सरकारमा एक्कासी किन असहमति भयो रु लामो समयको गृहकार्यपछि पार्टीमा भावनात्मक एकताका संकेतहरु देखिएका र सबैलाई उचित र न्यायपूर्ण जिम्मेवारी दिएका बेला किन नेताहरु एक भएर प्रधानमन्त्री र अध्यक्षमध्ये एक छाड्नुपर्ने अडान दोहोरयाउँदै छन् रु पार्टीको आन्तरीक सहमतिबाट अगाडी वढ्ने बेलामा किन भारतीय उक्साहटमा नेताहरु प्रधानमन्त्रीको राजिनामा माग्नु हुदैछ रु भन्ने प्रश्नको उत्तर यतिवेला कार्यकर्ताहरु खोजिरहेका छन । सामाजिक सञ्जालमा नेताहरुको यो अभिव्यक्तिको चर्को आलोचना भएको छ र उनीहरुले राजिनामा होइन, सहकार्य र एकता, राष्टियता र स्वाभिमानका पक्षमा नेताहरु एक हुनु पर्ने आवाजहरु उठाइरहेका छन् ।

अहिलेसम्म विकसित पार्टी राजनीति र विगतका अभ्यासलाई हेर्दा प्रधानमन्त्रीले भन्नुभएजस्तै तत्कालिन नेकपा माओवादीमा ३४ बर्ष पार्टीको अध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएका अध्यक्ष प्रचण्ड, सोह बर्ष ततकालिन नेकपा एमालेको नेतृत्व गर्नुभएको माधव कुमार नेपाल र १३ बर्षसम्म पार्टीको जिम्मेवारीमै रहनुभएका झलनाथ खनालले उठाएको विना तर्क र असान्दर्भिक राजिनामाको बिषयलाई अपरिपक्क राजनीतिको पराकाष्ठा भनेका छन र यो उहाँहरुको पदलोलुपता र कुर्सी मोहको चालवाजी हो भन्ने बुझाई आम कार्यकर्ताहरुको रहेको छ । नेतृत्व रहर र लहडमा जन्मिने बिषय होइन । कुनै व्यक्ति पार्टीको मुख्य जिम्मेवारी युगीन आवश्यकताका कारणले मात्र पुग्न सक्दछ र आवश्यकताले मात्र बाहिरिन सक्दछ । कसैको लहड र मनोइच्छाले कोही व्यक्ति पदमा पुग्ने र बाहिरीने होइन भन्ने कार्यकर्ताको बुझाई छ । आज आम कार्यकर्ताहरु प्रधानमन्त्रीको राजिनामा माग्ने नेताहरुमाथि उहाँहरुको वर्तमान हैसियत मात्रै होइन की हिजोको नेतृत्व क्षमतामाथि पनि प्रश्न उठाइरहेका छन् ।

इतिहास साक्षी छ, माधव नेपालले एमालेलाई आफ्नो १६ बर्षे महासचिवको कार्यकालमा तेश्रोमा खुम्च्याउनु भएको थियोे । पार्टीलाई रसातलमा पुर्याएपछि सक्दिन भनेर उहाँले महासचिवको पदबाट बाध्य भएर राजिनामा दिनु भएको थियो । पार्टी समाप्त पारेपछिको नैतिकताको के अर्थ रहन्छ रु अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चुनावका बेला हार्ने डरले तत्कालिन एमालेसँग चुनावी तालमेल गर्नु परेको थियो । यदी चुनावी तालमेल नभएको भए अहिले माओवादी केन्द्रको हैसियत के हुन्थ्यो होला रु भरतपुर महानगरको मेयरमा जिताउन काँगे्रससँग तालमेल गरेका र मतगणना र पुन भएको मतदान प्रक्रियामा अलोकतान्त्रिक चरित्र प्रर्दशन गरेर छोरीलाई मेयर बनाएका प्रचण्डमाथि अहिले उनका हिजोका सहयात्रीदेखि आम कार्यकर्ताले प्रधानमन्त्रीको राजिनामा माग्ने उहाँको हैसियत सोधिरहेका छन् । आम मानिसहरु अहिले प्रचण्ड र माधव नेपालको यो हर्कतलाई घरवेटीलाई डेरावालाले घर छोड भनेर दवाव दिएजस्तै हो भन्ने विम्व समेत प्रयोग गरिरहेका छन् ।

अहिलेको सचिवालय वा स्थायी समिति जे भनेपनि यो कार्यकर्ता निर्वाचित कमिटी होइन, संक्रमणकालिन नेताहरुको व्यवस्थापन मात्र हो । त्यसैले स्थायी समितिका नेताहरुलाई चित्त नबुझ्दैमा ओलीले पद छाड्नुपर्ने होइन । पार्टीको नेतृत्वमा रहनुभएका समकालिन सार्थीहरुलाई प्रधानमन्त्री स्वयंमले भन्नुभएको छ , म कसैको कृपाले टीका लगाएर आएको होइन्, मैले पद किन छाड्ने रु उहाँले भन्नुभएको सहि हो । केपी ओली पार्टीको महाधिबेशनमा माधव नेपाललाई पराजित गरेर पार्टी अध्यक्ष बन्नुभएको हो । ओलीलाई अध्यक्ष कसैले टीका लगाएर दिएको होइन । महाधिवेशन प्रतिनिधिले निर्वाचित गरेका हुन । निर्वाचित अध्यक्षले जव आफ्नो क्षमता र सघर्षबाट यो उचाई हासिल गर्नुभएको हो भने किन उहाँले पद छाड्ने रु यदी उहाँलाई अध्यक्षबाट हटाउने नै हो भने महाधिवेशनको माग पो गर्नुपर्ने हो । तर विधि र विधानको यो बाटोलाई वेवास्ता गरेर पार्टीभित्र विधि विधान र पद्धतिको कुरा उठाउदा कति कार्यकर्ता हाँसे होला रु त्यो कुरा प्रचण्ड र माधव नेपाललाई थाहा छैन रु

नेपालको इतिहासमा कहिले हुन नसकेका ऐतिहासिक काम अहिले यो सरकारका पालमा भएका छन् । लिम्पियाधुरासम्मको नयाँ नक्सा पारित हुनु, नागरिकता विधेयकमा विदेशी वुहारीलाई सात बर्षे प्रावधान, यी ओली सरकारको नेतृत्वमा भएका महत्वपुर्ण कार्य हुन । प्रधानमन्त्री ओलीबाट जनताले धेरै अपेक्षा गरेका छन र केही पुराहुने तर्फ लक्षित पनि छन् । हिजो सरकार र ।पार्टीको नेतृत्वमा रहनुभएका उल्लेखित ३ पात्रहरुले पार्टी र सरकारमा कस्तो योगदान पुरयाउनुभएको थियो त्यो सवैमा घामजतिकै छर्लङ्ग छ । तसर्थ प्रधानमन्त्रीका लागि कमसेकम आउने आवधिक निर्वाचनसम्म पर्खदा हुन्छ । सँगसँगै पहिलो नम्बरको अध्यक्षका लागि पनि आउने पार्टीको एकता महाधिवेशनसम्म कुर्दा हुन्छ । कहिले आलोपालो प्रधानमन्त्री छाडनु गल्ती भयो भन्ने, कहिले पार्टी र सरकारबाट राजिनामा दिनुस भन्ने अभिव्यक्तिलाई पनि आम जनताले मुल्यांकन गरिरहेका छन, कि कुन व्यक्ति के का लागि यति मरिहत्ते गररहेका छन् भनेर ।

प्रधानमन्त्री ओलीलाई जनताले बिश्वास गरेर प्रधानमन्त्री बनाएका हुन । जब नागरिकको मत पाएर ओली प्रधानमन्त्री हुनुभएको हो भने केही नेताले आफनो स्वार्थ पुरा भएन र पुरागर्न परयो भन्दै प्रधानमन्त्री पद छाडनुस भन्दैमा नेतृत्वले सरकार छाड्दैन र छाडनु पनि हुन्न । होइन साँच्चै नेतृत्व परिर्वतन आवश्यक नै हो भने यसअघि नेकपाबाट सरकार र पार्टी सञ्चालनको जिम्मेवारी हेरिसकेका जनताले हिजोको असफल नेतृत्वको पुनरागमन पक्कै चाहेका होइनन, यो कुरा प्रचण्ड र माधव नेपालले बुझन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस