३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

१८ असार, सप्तरी

सप्तरीमा  ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनको कम्पनले पर्खाल भत्किँदा एक बालकको मृत्यु

लोडरको कम्पनले स्थानीय नखेलाल मण्डलको माटोले जोडिएको इँटाको पर्खाल भत्किँदा उनका १० बर्षीय छोरा उमेश पुरिए
सप्तरीमा  ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनको कम्पनले पर्खाल भत्किँदा एक बालकको मृत्यु

१८ असार, सप्तरी । सप्तरीमा  ढलान गर्ने क्रममा चलाएको लोडर मेसिनको कम्पनले पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ ।

खड्ग नगरपालिका–१ सिस्वामा नगरस्तरीय बजेटबाट आरसीसी ढलान गर्ने क्रममा बिहीबार बा २ क ९८६३ नम्बरको लोडर चलाइएको

थियो।

लोडरको कम्पनले स्थानीय नखेलाल मण्डलको माटोले जोडिएको इँटाको पर्खाल भत्किँदा उनका १० बर्षीय छोरा उमेश पुरिएका थिए ।

घरका सबै जना काममा गएका कारण बालक भत्किएको पर्खालले च्यापिएको कसेले थाहा पाएनन् । निर्माण कार्यमा संलग्नहरुले पनि वास्ता गरेनन् । स्काभेटर लगाएर इँटा हटाउने क्रममा पुरिएका बालकको टाउकोमा चोट लाग्यो र, उनको मृत्यु भएको छ ।

पूर्वमा फुलो मियाँको घरदेखि पश्चिम लक्ष्मण साहको घरसम्म आरसिसी ढलान गर्नका लागि नगरपालिकाले ३५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

यसका निम्ति छबिल मण्डलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । असारको अन्तिम समयमा नगरपालिकाकै लोडर र स्काभेटर लिएर हतारहतार काम गर्न खोज्दा बालकको ज्यान गएको भन्दै स्थानीय आक्रोशित छन् ।

काम गर्ने बेलामा उपभोक्ता समितिका कुनै पनि पदाधिकारी उपस्थित नभएको र खटाइएका लोडर, स्काभेटरका चालकका साथै मजदूरले समेत पर्खाल भत्किएर बालक च्यापिँदा वास्ता नगरेको स्थानीय श्रवणकुमार साहले बताए ।

साहले अति कम्पन दिने लोडर वस्तीमै चलाउनुपर्दा सर्वसाधारणलाई सूचना दिनुपर्नेमा कुनै सूचना नदिई चलाएको बताएका छन् । वडाध्यक्ष सिंघेश्वर मण्डलले जानाजान घटना नगराएको प्रतिक्रिया दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस