२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

१८ असार , २०७७

त्यही खाना खाऔं, जो हाम्रा पूर्खाले सदियौंदेखि खाँदै आए

सम्पूर्ण आहार : दाल–भात

अहिले हाम्रो भान्सामा थरीथरीका व्यञ्जन पाक्न थालेको छ । युट्युबलगायतका माध्यममा उपलब्ध हुने रेसेपी हेर्दै हामी नयाँनयाँ परिकार बनाउने अभ्यास गरिरहेका छौं । हिन्दी धारावाहिक टेलिश्रृङ्खला हेरेर गृहिणीहरू त्यहाँ देखाइने खानपानको सिको गरिरहेका छन् । कार्टुनमा देखेकोजस्तो परिकारमा बालबालिका लोभिँदैछन् । रेस्ट‍ुरेन्ट संस्कृति बढेसँगै किशोर पुस्ताको स्वाद पिज्जा, बर्गर, फ्रेन्च फ्राइ आदिमा भिज्दैछ ।

अर्कोतिर फ्रिज, ओभन, ननस्टिक भाँडावर्तन आदिले हाम्रो परम्परागत पाकशैली नै विस्थापित गर्दैछ । हाम्रो भान्सा आयतित परिकारको भण्डार बन्दैछ । आफ्नै रैथाने पाककला, परिकार र उत्पादन भने हराउँदैछ । यसरी हाम्रो स्वाद र खानपान शैली नै फेरिँदैछ ।

त्यतिमात्र होइन, पकाउने, खाने प्रवृत्ति पनि बद्लिँदैछ । कतिबेला पकाउने, कुन समयमा खाने भन्ने परम्परागत तालिका लथालिङ्ग भएको छ । परिवारका सदस्यहरू एकै ठाउँ बसेर आनन्दपूर्वक खानेभन्दा पनि टेलिभिजनको अगाडि बसेर वा मोबाइल चलाउँदै फास्टफुड खाने चलन व्यापक बन्दैछ ।

नयाँ-नयाँ परिकार पकाउने अभ्यास गर्नु, स्वादमा विविधता खोज्नु नौलो कुरा भएन। बेलामौकामा हामीलाई स्वाद फेर्न मन लाग्छ । नयाँनयाँ परिकार बनाउने जाँगर चल्छ । तर यसबाट हाम्रो परम्परागत खानपान शैली प्रभावित हुनु सकारात्मक कुरा होइन ।

आज संसारमा जति पनि रोग र रोगी बढ्दैछन्, त्यसमा हाम्रो फेरिँदो खानपान शैली मुख्य जिम्मेवार छ । स्वादको चक्करमा परेर हामीले जस्तो खानपान शैली अपनाएका छौं, अन्ततः त्यो रोगको स्रोत बनिरहेको छ । यस्तो अवस्थामा हामीले आफ्नै खानपान शैली अपनाउनु उचित हुनेछ, जो सदियौंदेखि हाम्रो भान्सामा पाक्दै आएको छ।

सम्पूर्ण आहार : दाल–भात

हाम्रो मुख्य खान्की दाल, भात, तरकारी, अचार । पोषणविद्हरूका अनुसार हाम्रो यही परम्परागत खानेकुरा आफैँमा सम्पूर्ण पोषण हो । आफ्नै भान्सामा पाक्ने दाल–भात खाएपछि ‘फुड सप्लिमेन्ट’को जरुरत छैन । अझ आफ्नै खेतबारी वा आफ्नै क्षेत्रमा उत्पादित अन्न र सागपात भए सर्वोत्तम हुन्छ।

हाम्रा पूर्खाहरूले कति खोज, अभ्यास गर्दै आजको थाली तयार गरेका हुन् । हाम्रै माटोमा उत्पादन हुने चामल, मकै, गहुँ, जौजस्ता अन्न । आलु, फर्सी, सिमी, केरउ, पिँडालु, रायो, पालुङ्गोजस्ता साग–सब्जी । प्याज, लसुन, अदुवा, बेसार, दालचिनी जस्ता मर–मसला । धनिया, गोलभेडा, सिलाम, पुदिना जस्ता अचार । त्यसमाथि दही, घिउ, मोही । यही नै हाम्रा भान्सामा सदियौंदेखि पाक्दै आएको भोजन हो, जो आफैँमा सम्पूर्ण आहार पनि ।

भरपुर पोषण र औषधीय गुण

हाम्रो परम्परागत थाली जसरी तयार गरिएको छ,  पोषणको हिसाबले त्यो सन्तुलित भोजन पनि हो । शरीरलाई आवश्यक सम्पूर्ण पोषक तत्व त्यसैमा उपलब्ध छ । यी खानेकुरामा कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, खनिज सबै समावेश छन् ।

त्यसैगरी हामीले सागसब्जी पकाउने क्रममा बेसार, अदुवा, लसुन, प्याज आदि प्रयोग गर्छौं । यी सबै औषधीय गुणले भरिपूर्ण छन्।

परम्परागत पाक शैली

हाम्रो परम्परागत भान्सामा खाना पकाउने तरिका विशेष किसिमको छ । खासगरी आगोमा खाना पकाउने गरिन्छ । पकाउनका लागि फलाम, पित्तललगायतका भाँडावर्तन प्रयोग गरिन्छ । काँसको थालमा खाने गरिन्छ । तामाको भाँडामा पानी राखेर पिउने गरिन्छ । अर्थात् खाना पकाउने, खाने सबै विधि स्वस्थ्यबर्द्धक छन् ।

खाना खानुअघि कपडा परिवर्तन गर्ने । पलेँटी कसेर बस्ने । हातले खाना खाने । यी सबैको सम्बन्ध स्वस्थ्य खानपान शैलीसँग सम्बन्धित छ ।

रैथाने खानामा जोड

खासमा हाम्रो शरीरका लागि त्यही खानेकुरा सर्वोत्तम हुन्छ, जुन हामी जन्मिहुर्केको माटोमा उत्पादन हुन्छ । हामी जन्मिहुर्केको हावापानीमा उत्पादन हुन्छ । आफ्नै खेतबारी, गाउँ-ठाउँमा जे उत्पादन हुन्छ, त्यसलाई नै हामीले आफ्नो मुख्य खान्की बनाउनु उपयुक्त हुन्छ । साथै, हाम्रो शरीरले मौसम अनुकूलको खानेकुरा रुचाउँछ । त्यसैले मौसम अनुकूल उत्पादन हुने रैथाने खानेकुरा नै हाम्रो निम्ति सम्पूर्ण र मुख्य भोजन हुन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस