३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

१९ असार , २०७७

क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने

सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाएको छ
क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने

सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाएको छ ।

अब क्याक्सर र डाइबिटिजका विरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको पनि परीक्षण हुने उनले बताए ।

उनका अनुसार पछिल्ला दिनहरुमा विदेशबाट आई क्वारेण्टिनमा बस्नेहरुको सङ्ख्या घट्दै जाँदा प्रयोगशालामा नमुना परीक्षणको चाप पनि घटेको छ । त्यसैले परीक्षणको दायरा बढाई समुदायमा संक्रमण भएको वा नभएको थाहा पाउन यो निर्णय गरिएको हो।

‘यसरी जोखिम समूह र जोखिममा रहेको कम्युनिटीमा परीक्षण गर्दा हाम्रो संक्रमणको वास्तविक अवस्था थाहा पाउँछौं’ प्रवक्ता गौतमले भने, ‘ हामी सबै मानिसको परीक्षण त गर्न सक्दैनौं तर जोखिम समूह र समुदायको जाँच गर्दा धेरै हदसम्म संक्रमण पत्ता लाग्छ ।’

शुक्रबारदेखि नै यो काम सुरु गरेको समेत उनले बताए ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस