२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

अहिले ओलीको विकल्प ओली नै हो

समाधानको बटमलाइन : ओली दुबै पदमा कायम रहने, पार्टीको सल्लाहमा सरकार चलाउने

ओली महाधिवेशन प्रतिनिधिको मतबाट अध्यक्ष निर्वाचित हुनुभएको हो , त्यस्तै जनताको मतबाट प्रधानमन्त्री बन्नुभएको हो, यीदुबै पदबाट हटाउन फेरी कार्यकर्ता र जनतामा जानुपर्छ
समाधानको बटमलाइन : ओली दुबै पदमा कायम रहने, पार्टीको सल्लाहमा सरकार चलाउने

असार १९ गते २०७७

नेकपाको आन्तरिक झगडा मिलाउन दोश्रो पुस्ताका नेताहरु सक्रिय हुन थाल्नुभएको छ । शंकर पोखरेल, प्रदीप ज्ञवाली, घनश्याम भूषाल, योगेश भट्टराई, टोपबहादुर रायमाझी, बर्षामान पुनलगायतका नेताहरुले विहीवारदेखि सक्रियता बढाउनुभएको छ । यो सकारात्मक छ ।

तुलनात्मक युवा नेताहरुले दुबै अध्यक्षलाई संवादमार्फत समाधानमा पुग्न आग्रहगर्दै त्यसकालागि सहजीकरणगर्ने पनि बताइरहनुभएको छ । नेकपालाई कुनै पनि हालतमा बिभाजनमा जान नदिने प्रतिबद्धता सहितको यो प्रयास सफल हुनुपर्छ ।

समाधानको बटमलाइन के हो ?
धेरै विकल्पमा छलफलगर्नै पर्दैन । आ–आफ्ना पोजिसन बनाउनका लागि जस्तासुकै एजेण्डा र अडान राखेपनि अन्ततदुर्बै पक्ष समझदारीमा आउनुको विकल्प छैन । नभए नेकपा नै समाप्तीको बाटोमा जान्छ । सबैभन्दा पहिला, प्रचण्ड र माधव नेपाल पक्षले प्रधानमन्त्रीको राजिनामा नमाग्ने । वा उक्तमागबाट पछि हट्ने । केपी ओली पार्टी अध्यक्ष र प्रधानमन्त्रीदुबै रहने तर अरु सबै बिषयमा मिलेर अघि बढ्ने ।

अहिलेसम्म पार्टीको सल्लाह सुझाव नमानी सरकार संचालन गरेको आरोप ओलीमाथि लाग्दै आएको छ । त्यसैगरि,सरकारले गरेको सकारात्मक कामको समेत स्वामित्व ग्रहण नगरेको बरु कामगर्न नसकेको जस्ता प्रचार पार्टीबाट भइरहेको छ । प्रचण्ड र नेपालले खुलेर सरकारका कामको समर्थन गरेको देखिदैन जवकि सरकारको कार्य संपादन ठिकै छ ।

यी दुबै कमजोरी हुन । अव प्रधानमन्त्रीले सत्ता संचालन पार्टीको सल्लाहमा गर्ने र पार्टीले सरकारका कामको स्वामित्वलिएर अघिबढ्ने सहमति गर्नुपर्छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुर्नगठनगर्दा पार्टीको सल्लाहमा गर्ने । हटाउने वा नयाँलाई जिम्मेवारी दिनेबारे दुई अध्यक्ष, बरिष्ठ नेता माधवकुमार नेपाल समेतको सहमतिमा गर्ने समझदारी गर्नुपर्छ । मुख्यमन्त्रीदेखि राजदूत वा त्यस्तै महत्वपूर्ण पदमा भरसक क्षमता योग्यताका आधारमा सहमतिमा सिफारिस गर्नुपर्छ । गुटबाटै सिफारिस गर्ने भएपनि गुटका नेताले तुलनात्मक योग्य र क्षमतावानलाई सिफारिस गर्नुपर्छ ।

कार्यसंपादन सन्तोषजनक नहुँदापनि केही मन्त्री कायमै रहने र केहीप्रतिस्थापितहुने विगतको प्रवृतिमा सुधार हुनुपर्छ । नातागोताकै कारणमन्त्री, राजदूत वा महत्वपूर्ण पदमा अयोग्यलाई नियुक्ति गरिनु हुँदैन । प्रचण्डको बुहारी भएकै कारणविना मगरको मन्त्री पद कायम रहने, कुनै अनुभव नै नभएका र पार्टीमा समेत योगदान नगरेका महेश दाहालजस्ता व्यक्तिलाई राजदूत बनाउने जस्ताकामले सकारात्मक सन्देश दिएको छैन ।

पदबाँडफाँडका निर्णय हुन् वा नीतिगत निर्णय, अवदेखि सहमतिमा गर्नुपर्छ । त्यसो भएमा बिश्वासको संकट देखापर्दैन । त्यसको अर्थ सरकारका नियमित कार्यसंपादन र प्रधानमन्त्रीका बिशेषाधिकारमाथि पार्टीले अनावश्यक नियन्त्रणको प्रयास गर्नुहुन्न ।

दोश्रो, प्रधानमन्त्रीले कार्यशैली परिवर्तन गर्ने । अध्यक्ष र प्रधानमन्त्रीकायम राखेर गरिने अन्य सहमतिलाई ओलीले मान्ने । प्रधानमन्त्रीका केहीकार्य शैलीगत समस्या छन् । कहिलेकाही अधिकारले उचित छलफल र वहसको आवश्यकता नदेख्न सक्छ । वा राम्रो काम गरिरहेको बेला पार्टीकै लागि हो भन्ने लाग्न सक्छ । प्रधानमन्त्रीले कहिलेकाही नेताहरुसँग भेट्ने र छलफलगर्ने बिषयलाई प्राथमिकतामा नराख्दापनि समस्या आएका हुनसक्छन् ।

प्राय नेताहरुको एउटा साझा धारणा आएको देखिन्छ । ओलीले हामीलाई हेप्नुभयो, हाम्रा कुराहरु सुन्नुभएन, उहाँसँग भेट्दा अपमानित भएको अनुभव हुन्छ । यस्ता गुनासामा सत्यता हुन सक्छ । सिद्धान्त र नीतिको बिषय यो होइन । यो मूल्त व्यवहार र कार्यशैलीको बिषय हो । कतिपय व्यक्तिका स्वभाव र प्रवृतिसँगपनि जोडिएका छन् । त्यसैले सिंगो पार्टी, अध्यक्ष, बरिष्ठ नेताहरुसँग नियमित छलफलगर्ने खालको वातावरण तयार गर्नुपर्छ । त्यसमा प्रधानमन्त्री खुला रहनुपर्छ । प्रधानमन्त्रीको टीमले पनि त्यसमा ध्यान पुर्याउनुपर्छ ।

विधि र प्रक्रियाबाट समाधान

ओली महाधिवेशन प्रतिनिधिको मतबाट अध्यक्ष निर्वाचित हुनुभएको हो । त्यस्तै, जनताको मतबाट प्रधानमन्त्री बन्नुभएको हो । यीदुबै पदबाट हटाउन फेरी कार्यकर्ता र जनतामा जानुपर्छ । त्यसकालागि सकेसम्म पार्टीको एकता महाधिवेशन छिटो गर्नुपर्छ भन्ने संसदको निर्वाचनको आफ्नै तालिका छदैछ । त्यसअघि उहाँलाई हटाउने गरिने प्रयासले गलत अभ्यासको थालनी गर्छ । उही पुरानै अस्थिरताका दुस्चक्रमा नेपाल पर्छ ।

चौथो, योग्यता र क्षमताको कुरा । अहिले ओलीको विकल्प ओली नै हो । पार्टीका चार पूर्वप्रधानमन्त्री हुनुहुन्छ । प्रचण्ड, माधव, झलनाथ । ओलीलाई बिस्थापित गरी फेरी आउने लाइनमा प्रचण्ड, माधव नेपाल हुनुहुन्छ । खनाल राष्ट्रपतिमा ढुक्कभएर बस्नुभएको छ । प्रचण्ड र नेपाल यसअघि नै प्रधानमन्त्रीका रुपमा परिक्षण भइसकेका नेताहरु हुनुहुन्छ । उहाँहरुको क्षमता नागरिकले देखिसकेकाछन् । पार्टी कार्यकर्ता र आमजनतालाई थाहा छ समकालिनमा ओली नै अब्बल हुन । त्यसैले विकल्प राम्रो खोजिन्छ, नराम्रो होइन । कि सबै पछिल्लो पुस्तालाई पार्टी र सत्ता नेतृत्व हस्तान्तरण गर्न सबै तयार हुनुपर्यो । होइन भने ओलीभन्दा अर्को नेतालाई सत्तामा पुर्याउन कोही लाग्नु आवश्यक छैन ।

नेकपाले गर्न सक्छ भन्ने देखाउने अन्तिम अवसर यही हो । त्यसका लागि मिल्नुको विकल्प छैन । मिल्नका लागि अध्यक्ष र प्रधानमन्त्रीमा ओली रहने तर अन्य सबै बिकल्पमा खुला रहने गरी सहमति गर्नुपर्छ । पार्टीको निर्णयमा सरकार संचालन र सरकारका कामको स्वामित्व पार्टीले लिएर अघि बढ्नुपर्छ । एकमात्र विकल्प यही हो ।

प्रतिक्रिया दिनुहोस