२ आश्विन २०७७, शुक्रबार || 18 Sep 2020, Friday

२० असार , २०७७

खोकनामा किसान र प्रहरीबीच झडप (तस्बिरहरू)

सुडोल फाँटमा खेत रोपाइँ गर्न गएका ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ
खोकनामा किसान र प्रहरीबीच झडप (तस्बिरहरू)

सुडोल फाँटमा खेत रोपाइँ गर्न गएका ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ।

खनजोत र रोपाइँमा प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो। प्रहरीले किसानका समूहलाई लक्षित गर्दै केही सेल अश्रुग्यास हानेको छ।

फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताएका छन्।

स्थानीय किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा दुबैतर्फ केही घाइते भएका छन्।

असार १५ गते खेत रोपाइँमा गएका खोकनाका किसानलाई पनि प्रहरीले अवरोध गरेको थियो। खेत जोत्न लगिएका ट्याक्टर नियन्त्रणमा लिएपछि स्थानीय किसानले प्रहरीविरूद्ध नाराबाजी गर्दै खेतमै प्रदर्शन गरेका थिए।

साभार – सेतोपाटी

प्रतिक्रिया दिनुहोस