२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

राष्ट्रवादी कदमको विरोध गर्ने विदेशी डिजाईनमा फसे

आज लाई होईन भोलि लाई ,हाम्रो समर्थन केपिलाई : विद्यार्थी नेता टेकेन्द्र मल्ल

पार्टी एकता , अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकार जनादेश बाट अनुमोदन भएकाले सके पर्खन नसके पार्टी र सरकार बारे जनताका अभिमत लिन चेतावनी :नेता खेमराज शर्मा
आज लाई होईन भोलि लाई ,हाम्रो समर्थन केपिलाई : विद्यार्थी नेता टेकेन्द्र मल्ल

असार २१ गते २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठकको प्रभाव नेकपाका देश भरिका नेता कार्यकर्तामा देखिएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीको राजीनामा मागिएको विषयमा देश भरिका नेता कार्यकर्ता विरोधमा उत्रिएका छन् ।प्रधानमन्त्री केपि शर्मा ओली र नेकपा पार्टी एकताको विषय लाई लिएर बाँकेको कोहलपुरमा आईतबार युवा विद्यार्थीले ¥याली सहित कोण सभा गरेका छन् । राष्ट्रिय स्वाभिमान र समृद्धिका लागि ओली सरकार,पार्टी एकता आजको आवश्यकता विषयक उक्त कोण सभा लाई नेकपा बाँकेका विद्यार्थी नेता टेकेन्द्र मल्लले सम्बोधन गर्दै कोभिड १९ र सलह का कारण प्रभावित भएको अर्थतन्त्र र जनजीवन सामान्य बनाउन स्थायी कमिटिमा छलफल गरि योजना निर्माणको माग गरे । नेता मल्लले ४० प्रतिशत भागबन्डाको नेतृत्व गरिरहेका समुहका नेताले ६० प्रतिशतको नेतृत्व गरिरहेको अध्यक्षको राजिनामा माग्ने काम अराजकताको पराकाष्ठा भएको टिप्पणी गरे । नेता मल्लले पुर्व पार्टीहरुको एकता गुटगत एकता थियो कि पार्टी एकता थियो भन्ने प्रश्न गर्दै एकता र केपि ओली नेतृत्वको सरकार जनताको अभिमत बाट अनुमोदित भएको बताए ।

कोण सभा लाई सम्बोधन गर्दै युवा संंघकि नेतृ शोभा बम ठकुरीले लिपुलेक र लिम्यिाधुरा सहितको अतिक्रमित भूमि फिर्ता गर्ने र नागरिकता विद्येयक पारित गर्ने सरकारको राष्ट्रवादी कदमको विरोध गर्ने विदेशी डिजाईनमा फसेको बताईन् । पार्टी एकता हो भने पुर्व एमाले र पुर्व माओवादी केन्द्र विचको हो फुट्ने दुर्भाग्य आयो भने पनि एमाले एकातिर र माओवादी एकातिर हुने दावी गरिन् । नेतृ बमले पार्टी फुट विदेशीको डिजाईन र पार्टी एकता नेपाली जनताको जनादेश भएकाले दलाल बन्ने कि देशभक्त बन्ने नेताहरु आफैले निर्णय गरुन भनि चेतावनी दिए । नेकपाका बुद्धिजीवि नेता टेकराज आचार्यले केपि शर्मा ओलीका पक्षमा सदनमा राप्रपा,मधेशवादी दल,नेपाली कांग्रेस समेतको समर्थन प्रस्तुत भएको देखेर आत्तिनेहरु नेकपाका नेता नभएर नेकपाको दुश्मन भएको आरोप लगाए ।

नेता आचार्यले नेपाली जनताले ५ वर्षे स्थिर सरकार र पार्टी एकताका पक्षमा भोट दिने जनताले अस्थिरता र जनादेशको अपमान गर्ने लाई नछाड्ने समेत बताए । ¥याली तथा जुलुसमा आज लाई होईन भोलि लाई ,हाम्रो समर्थन केपिलाई ,पार्टी एकता जिन्दावाद,दलालहरु होशियार होशियार,भारतिय विस्तारवाद मुर्दावाद जस्ता नाराहरु गञ्जाएमान भएको अखिलका नेता सुर्य रोकायले बताए । पार्टी फुटाउने नेता चाहिन्न भन्ने प्लेकार्ड देश भरि देखिएको हेक्का राख्न युवा विद्यार्थीको चुनौती भन्दै युवाका नेता खेमराज शर्माले पार्टी एकता , अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकार जनादेश बाट अनुमोदन भएकाले सके पर्खन नसके पार्टी र सरकार बारे जनताका अभिमत लिन चेतावनी दिए । उक्त कार्यक्रममा युवा विद्यार्थीको स्वस्फुर्त आयोजना भनिए पनि नेकपाका प्रदेश,जिल्ला र नगर स्तरका नेताहरुको बाक्लो सहभागिता रहनुलाई भने अर्थपुर्ण रुपमा हेरिएको छ ।नेकपाका नेतहरुको आव्हानमा बाँकेको नेपालगञ्जमा सोमबार दिनको ११ बजे पार्टी कार्यालयमा धर्ना कार्यक्रम राखिएको समेत बताईएको छ ।

प्रतिक्रिया दिनुहोस