३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

एकता झन मजबुत बनाउन आग्रह

अहिले सरकार परिवर्तनको बेला होईन : नेता निरक गुरुङ

नेपालको नयाँ नक्सा र नागरिकता विद्येयक सँगै सरकार परिवर्तनको चर्चा चल्दा नेकपाका नेता कार्यकर्ता दुखित भए : नेता गुरुङ
अहिले सरकार परिवर्तनको बेला होईन : नेता निरक गुरुङ

असार २२ गते २०७७

बर्तमान सरकार लाई निरन्तरता दिऔ,पार्टी एकता कायम गरौ भन्ने मुल नारा सहित नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँके पार्टी कार्यालय नेपालगञ्जमा आयोजित एक घण्टे धर्ना कार्यक्रम सम्पन्न भएको छ । नेकपा बाँकेको आयोजनामा भएको उक्त कार्यक्रम लाई कार्यालय सदस्य निरक गुरुङले सम्बोधन गर्दै यो सरकार वा नेतृत्व परिवर्तनको बेला नभएको बताए । नेता गुरुङले कोभिड १९ ले देशमा थुप्रै आर्थिक,सामाजिक समस्या सृजना गरेको भन्दै समस्या समाधानमा एकजुट हुन नेताहरु लाई आग्रह गरे । उनले नेपालको नयाँ नक्सा र नागरिकता विद्येयक सँगै सरकार परिवर्तनको चर्चा चल्दा नेकपाका नेता कार्यकर्ता दुखित भएको बताए । उक्त एक घण्टे धर्ना कार्यक्रममा नेता गुरुङले सामाजिक सञ्जालमा नेताहरुको आलोचना गर्ने गाली गलौजमा उत्रिने काम ठिक नभएको भन्दै नेकपा बाँकेले सुक्ष्म अध्ययन गरिरहेको बताउदै तर्कहरु संयमित र अनुशासित बनाउन पनि अपिल गरे । नेता गुरुङले नेताहरु मिल्नुको विकल्प नभएको भन्दै नेकपामा जनताको आशा र भरोसा भएकाले सबै प्रकारका तिक्तता भुल्न आग्रह गदै एकता झन मजबुत बनाउन आग्रह गरे । यस अघि बाँकेमा रहेका नेकपा केन्द्रिय सदस्य मोहम्मद हारुन हल्वाई,अध्यक्ष आईपी खरेल,सचिव अशोक कोईरालाले एक विज्ञप्ती जारी गर्दै पार्टी एकता लाई सुदृढ बनाउन र बैठक बाट समस्या समाधान खोज्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस