३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

२३ असार , २०७७

गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ
गंगालालमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले यसको पुष्टि गरे । उनका अनुसार उनीहरुको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ ।

अस्पतालले भने आज मंगलबारबाट आकस्मिक बाहेकका सबै सेवा हाललाई स्थगित गरेको छ । थप सतर्कताका आकस्मिक बाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस