२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

प्रतिकृयावादी र विस्तारवादका विरुद्ध नेपालका हरेक जिल्ला बाट राष्ट्रवादको आन्दोलन

पार्टी एकता नेपाल र नेपाली जनताको भविष्य भएकाले पार्टी फुटाएर स्वार्थ पुरा गर्छु भन्नेहरु लाई जनताले सिस्नो पानी लगाउने : नेता धिताल

केपि शर्मा ओली नेतृत्वको सरकार ढाल्नेहरु भारतिय दलाल भएको दावी : बिद्यार्थी नेता मोहित शाह
पार्टी एकता नेपाल र नेपाली जनताको भविष्य भएकाले पार्टी फुटाएर स्वार्थ पुरा गर्छु भन्नेहरु लाई जनताले सिस्नो पानी लगाउने : नेता धिताल

 

 

असार २४ गते २०७७
नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँकेको आयोजनामा बाँकेको नेपालगञ्ज स्थित विपि चोकमा पार्टी एकता र अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली सरकारको निरन्तरताको माग राखि कोण सभा सम्पन्न भएको छ । सभा लाई नेकपा बाँकेका कार्यालय सदस्य प्रभावशाली नेता प्रमोद धितालले सम्बोधन गरेका थिए । नेता धितालले जनताको जनादेश ५ वर्ष सम्म केपि शर्मा ओली नेतृत्वको सरकार र अर्को महाधिवेशन सम्म अध्यक्ष केपि शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सहमतिय प्रणाली भएको दावी गरे । नेता धितालले पार्टी एकता नेपाल र नेपाली जनताको भविष्य नेकपा भएकाले पार्टी फुटाएर स्वार्थ पुरा गर्छु भन्नेहरु लाई जनताले सिस्नो पानी लगाउने बताए । राष्ट्र र राष्ट्रियताका लागि केपि शर्मा ओली नेतृत्वको सरकार अपरिहार्य भएको बताए ।

कोण सभा लाई सम्बोधन गर्दै बिद्यार्थी नेता मोहित शाहले पार्टी नेतृत्वको सरकारले नागरिकता विद्येयक र लिपुलेक र कालापानी सहितको नयाँ नक्सा पारित गराउने केपि शर्मा ओली नेतृत्वको सरकार ढाल्नेहरु भारतिय दलाल भएको दावी गरे । नेता शाहले नेपाली जनताका छोराछोरीले प्रतिकृयावादी र विस्तारवादका विरुद्ध नेपालका हरेक जिल्ला बाट राष्ट्रवादको आन्दोलन गरिरहेको बताए । विद्यार्थी नेता टेकेन्द्र मल्लले संचालन गरेको कार्यक्रममा पार्टीका वरिष्ठ नेता डम्बरराज सुवेदी, ५ नं प्रदेश कमिटि सदस्य पुजन विश्वकर्मा ,नेकपा बाँके आमन्त्रित कार्यालय सदस्य पदम धिताल,अशोक कर्माचार्य, जिल्ला कमिटि सचिवालय सदस्य घननाथ खनाल,सुर्य ढकाल,हलिम शाह,जिल्ला सदस्य खिल प्रसाद भुषाल,बलराम भट्टराई,दत्त प्रसाद आचार्य,महिला नेतृ दिपा शर्मा, निर्मला मल्ल ,युवा संघका खेमराज शर्मा, अखिलका सुर्य रोकाय लगायत कोहलपुर नगर सञ्जालका नेता रमेश विश्वकर्माको उपस्थितिमा सयौँ युवा विद्यार्थीको सहभागिता थियो ।

 

        

   

 

प्रतिक्रिया दिनुहोस