१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

परीक्षणको क्रम जारी

बाँकेको नरैनापुर गाउँपालिका सहित अन्य दुई स्थानीय निकाय कोरोनामुक्त

आज बिहान मात्र ९ जना संक्रमित उपचारपछि घर फर्किए : कोरोनाका फोकल पर्सन नरेश बाबु श्रेष्ठ
बाँकेको नरैनापुर गाउँपालिका सहित अन्य दुई स्थानीय निकाय कोरोनामुक्त

असार २४ गते २०७७

बाँकेको नरैनापुर गाउँपालिकासहित अन्य दुई स्थानीय निकाय कोरोनामुक्त भएका छन्। नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा र नरैनापुर गाउँपालिका कोरोनामुक्त भएका हुन्। अहिले पनि जिल्लाका केही क्वारेन्टाइनमा मानिस बसिरहेको र तिनीहरु सबैको अवस्था सामान्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश बाबु श्रेष्ठले बताए। उनका अनुसार परीक्षणको क्रम जारी छ। रिपोर्टमा पोजेटिभ वा नेगेटिभ आउँछ भन्ने मात्र हो। नेपालगञ्जमा पहिलोपटक कोरोना देखिए पनि भारतबाट आउने मानिसको संख्या बढेपछि नरैनापुर कोरोनाको हटस्पट बनेको थियो। डुडुवा गाउँपालिकामा २७ जना कोरोना संक्रमित देखिएको थियो। बाँकेका तीनवटै स्थानीय निकाय कोरोनामुक्त रहेको श्रेष्ठले बताए। उनले अन्य पाँच स्थानीय निकायमा केही संख्यामा कोरोना संक्रमित रहेको बताए। आज बिहान मात्र ९ जना संक्रमित उपचारपछि घर फर्किएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस