२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२५ असार , २०७७

मर्मत नगरेको विरोधमा सडकमा रोपाइँ

क्रसर र सिमेन्ट उद्योगमा नदीजन्य पदार्थ ढुवानी गर्ने टिपरका कारण सडक जीर्ण भएको स्थानीयले बताएका छन्
मर्मत नगरेको विरोधमा सडकमा रोपाइँ

मर्मत नगरेको विरोधमा रुपन्देहीको तिलोत्तमामा पत्थरडाँडा–तिनाउ सडक खण्डको तीनधुरामा स्थानीयले सडकमा धान रोपाइँ गरेका छन् ।

खाल्डा परेर बर्षायाममा सडक हिलाम्य भएर आवतजावतमा समस्या परेपछि वडा नंं. १३ र १४ का स्थानीय बासिन्दाले रोपाइँ गरेर विरोध जनाएका हुन् ।

सडक मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि नगरपालिकाका जनप्रतिनिधिहरुबाट सुनुवाई नभएपछि दवाव दिन सडकमा रोपाइँ गर्न बाध्य भएको स्थानीय अभिषेक न्यौपानेले बताए । ‘सडकबाट नगरपालिकाले बर्षेनी सडक करको नाममा लाखौं रुपैयाँ संकलन गर्छ तर मर्मत नगर्दा पैदल, साइकल र मोटरसाइकलमा हिंंड्न नसक्ने भयो’ उनले भने ।

क्रसर र सिमेन्ट उद्योगमा नदीजन्य पदार्थ ढुवानी गर्ने टिपरका कारण सडक जीर्ण भएको स्थानीयले बताएका छन् ।

नगरपालिकाले १७ वडामध्ये दुई वटा वडा (१३ र १४) बाट नदीजन्य पदार्थ उत्खननबाट बार्षिक करोडौं आन्तरिक आम्दानी गरे पनि सडक जीर्ण हुँदासम्म मर्मत नगर्दा स्थानीय बासिन्दा रुष्ट भएका अर्का स्थानीय निमबहादुर क्षेत्रीले बताए ।

सडक जीर्ण भएकाले पटक पटक दुर्घटना हुने गरेको र सोही सडकमा गाडी चलाउँदा नापी कार्यालय बुटवलका सर्वेक्षक हेमन्त पौडेल दुर्घटना भई गम्भीर घाइते भएर उचारको लागि काठमाडौं पुर्‍याइएको क्षेत्रीले बताए ।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस