२८ भाद्र २०७७, आईतवार || 13 Sep 2020, Sunday

२५ असार , २०७७

मोहना अन्सारीको टिप्पणीप्रति मानवअधिकार आयोगकै आपत्ति

अन्सारीलाई आयोगले डेढ वर्षअघिनै प्रवक्ताबाट हटाए पनि उनले आफूलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने र आयोगको आधिकारिक धारणा विपरित राजनीतिक वक्तव्य दिने गरेको आरोप छ
मोहना अन्सारीको टिप्पणीप्रति मानवअधिकार आयोगकै आपत्ति

राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । अन्सारीले गत असार २३ गते सामाजिक सन्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् ।

आयोगका अध्यक्ष अनुपराज शर्माले विहिवार विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सन्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् । संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेद्जनक’ तथा ‘कथित् छानविन प्रतिवेदन’ भनेको आयोगले खेद प्रकट गरेको हो ।

विज्ञप्तिमा भनिएको छ–दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।

अन्सारीलाई आयोगले डेढ वर्षअघिनै प्रवक्ताबाट हटाए पनि उनले आफूलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने र आयोगको आधिकारिक धारणा विपरित राजनीतिक वक्तव्य दिने गरेको आरोप छ ।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस