३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

५० लाखमा लेनदेन सहमति

ठगी आरोपमा समातिए ‘ज्योतिषी’ अर्जुन क्षेत्री

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन्
ठगी आरोपमा समातिए ‘ज्योतिषी’ अर्जुन क्षेत्री

आफूलाई ज्योतिषी बनाउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने आफूले क्षेत्री पक्राउबारे जानकारी आइनसकेको बताउँदै बुझिरहेको बताएका छन् । एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् । ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा उनी २१ जेठ २०७६ मा पनि पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस