३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

पहिरोमा परि ११ जना घाइते

कास्कीमा पहिरोमा परि मृत्यु हुनेको संख्या ७ पुग्यो

पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ
कास्कीमा पहिरोमा परि मृत्यु हुनेको संख्या ७ पुग्यो

असार २६ गते २०७७

कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । पहिरोमा परि ११ जना घाइते भएका छन् । पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । पोखरा-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस