३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

नेपाल क्लियरिङ हाउस खुला रहने

भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन : नेपाल राष्ट्र बैंक

कोभिड–१९ कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ
भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन : नेपाल राष्ट्र बैंक

असार २६ गते २०७७
नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्त्सम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व बुझ्ने प्रयोजनका लागि राजस्व बुझ्ने बैंकका शाखाहरू खुला राख्न निर्देशन दिएको जानकारी दिए । उनका अनुसार बैंकमात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहनेछ ।

सरकारलाई तिर्नुपर्ने राजस्व तिर्न असार मसान्तसम्म शनिबारमात्रै होइन अन्य सार्वजनिक बिदा भए पनि राष्ट्र बैंकले निश्चित समय तोकेर बैंकहरूलाई खुला राख्न निर्देशन दिने गरेको थियो । कोभिड–१९ कारण सरकारको राजस्व उठ्न नसकेको र सर्वसाधारणलाई सहजताका लागि बैंकहरू खुला राख्न निर्देशन दिएको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस