२ आश्विन २०७७, शुक्रबार || 18 Sep 2020, Friday

कोरोना संक्रमितको संख्या १ हजार ५सय८८

कर्णालीमा थपिए २७ जना कोरोना संक्रमित, २६ जना डिस्चार्ज

कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु,,प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ
कर्णालीमा थपिए २७ जना कोरोना संक्रमित, २६ जना डिस्चार्ज

असार २६ गते २०७७

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना भाइरस(कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौैं र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।थपिएका संक्रमितमध्ये सुर्खेका ११ जना र सल्यानका १० जना, जाजरकोट र दैलेखका २/२ जना, डोल्पा, सल्यान र बाजुराका एकरएकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८८ पुगेको छ ।

नयाँ संक्रमितमध्य सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ८ जना, भेरीगंगा नगरपालिका ३, सल्यानको कुमाख गाउँपालिकाका १० जना, जाजरकोट शिबालय गाउँपालिकाका २ जना, दैलेखको नारायण नगरपालिकाका २ जना, डोल्पाको मुड्केचुला गाउँपालिकाका १ जना, बाजुराको स्वामीकर्तिक खापर गाउँपालिकाका १ जना रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । यस्तै, कर्णालीमा शुक्रबार २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २सय ३५ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस