२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

बेपत्ता अन्य ५ जनाको खोजीकार्य जारी

जाजरकोटको पहिरोमा ७ जनाको मृत्यु, ५ जना बेपत्ता

पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटियो
जाजरकोटको पहिरोमा ७ जनाको मृत्यु, ५ जना बेपत्ता

असार २६ गते २०७७ हजार

जाजरकोटमा बिहीबार राति पहिरोले २ घर बगाउँदा बेपत्ता भएका १२ जना मध्ये ७ जनाको शव भेटिएको छ । जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार बेपत्ता मध्ये ७ जनाको शव भेटिएको र जसमध्ये ३ जनाको पहिचान खुल्न सकेको छैन । पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको उनले बताए । अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको उनले बताए । बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका– ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । ‘घटनाबारे म साथीहरुको सम्पर्कमै छु,’ डीएसपी श्रेष्ठले भने, ‘बेपत्ता अन्य ५ जनाको खोजीकार्य जारी छ ।’

प्रतिक्रिया दिनुहोस