२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

सामग्री भने अहिले पनि यूट्यूबबाट हटाएको छैन

भारतीय टेलिभिजन च्यानल जीन्यूजले नेपालीसँग माफी माग्यो

हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं
भारतीय टेलिभिजन च्यानल जीन्यूजले नेपालीसँग माफी माग्यो

असार २७ गते २०७७

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिए लगत्तै जीन्यूजको क्षमायाचना आएको हो । जीन्यूज झारखण्डले भनेको छ, ‘एउटा जिम्मेवार च्यानल भएको नाताले हामी आफ्नो सामग्रीलाई लिएर सदैव सजग रहन्छौं । तर भुलवस केही सामग्रीले कसैको भावनामा ठेस पुगेमा हामी गल्ति स्वीकार पनि गर्छौं । हाम्रो च्यानलबाट ‘ओलीका इश्किया’ शिर्षकमा प्रशारित सामग्रीले नेपालका जनताको भावनामा चोट पुगेकोमा हामी दुख व्यक्त गर्न चाहन्छौंं । हामीलाई नेपाली दर्शकको माया प्राप्त भइरहने विश्वास छ ।’तर च्यानलले उक्त सामग्री भने अहिले पनि यूट्यूबबाट हटाएको छैन ।

प्रतिक्रिया दिनुहोस