४ आश्विन २०७७, आईतवार || 20 Sep 2020, Sunday

८ वर्षीय हिमान्सु महाराको मृत्यु

डडेल्धुरामा खानेपानीको विषयमा भएको विवादमा एक बालकको मृत्यु

घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ
डडेल्धुरामा खानेपानीको विषयमा भएको विवादमा एक बालकको मृत्यु

असार २७ गते २०७७

डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्वर ६ मा खानेपानीको विषयमा विवाद हुँदा एक बालकको मृत्यु भएको छ । गए राती झरकाँडा भन्ने ठाउँमा भएको झगडामा घाइते भएका ८ वर्षीय हिमान्सु महाराको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते बालकलाई उपचारका लागि धनगढी ल्याइए पनि शनिबार विहान ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले सेतोपाटीलाई बताए।

घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘बालकका आफन्त र आरोपीलाई जिल्ला ल्याउदै छौं,” उनले भने।

प्रतिक्रिया दिनुहोस