३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

रेडियो प्रतिबोध एफएम १०२.३ मेघाहर्जको ११ औँ बार्षिकोत्सव

बाँके बर्दिया कर्णाली प्रदेशमा गाभिनै पर्छ : नगर प्रमुख रावत

एकताको महाधिवेशन सम्म अध्यक्ष केपि शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमै पार्टी संचालन गर्ने र सरकारको नेतृत्व अध्यक्ष ओलीले नै गर्ने :नेता विश्वकर्मा दावी:
बाँके बर्दिया कर्णाली प्रदेशमा गाभिनै पर्छ : नगर प्रमुख रावत

असार २७ गते २०७७

शनिबार बाँकेको कोहलपुरमा रेडियो प्रतिबोध एफएम १०२.३ मेघाहर्जको ११ औ बार्षिक उत्सव सम्पन्न भएको छ ।रेडियो प्रतिबोध एफएम १०२.३ मेघाहर्जको ११ औँ बार्षिकोत्सव लाई सम्बोधन गर्दै कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले बाँके र बर्दियाको सुरक्षित भविष्यका लागि कर्णाली प्रदेशमै जानुको विकल्प नभएको बताए ।प्रमुख रावतले कोहलपुर नगरपालिकाको सातौ नगर सभा बाट समेत सर्वसम्मत रुपले कर्णाली प्रदेशमा जाने निर्णय भएको खुलासा गरे । उनले रेडियो प्रतिबोध एफएम जनप्रिय रेडियो भएको भन्दै नगरका ग्रामिण भेगका समाचार,विकासका समाचार र किसानका समाचार प्रवाहमा जोड दिन आग्रह गरे । रेडियो प्रतिबोध एफएमको ११औ बार्षिकोत्सव लाई सम्बोधन गर्दै नेकपाका नेता पुजन विश्वकर्माले बाँके मात्र नभएर समग्र ५ नं प्रदेशकै संञ्चारगृह र सञ्चारकर्मीको विकासमा ५ नं प्रदेश सरकार प्रतिबद्ध भएर लागेको बताए । नेता विश्वकर्माले कोहलपुरको समग्र विकासका लागि रेडियो प्रतिबोधको भुमिका कदरयोग्य भएको बताए ।

उनले नेकपा अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालका विच सुमधुर सम्बन्ध भएको र अध्यक्षहरुले गरेको त्याग,साहस र एकता जनताको र राष्ट्रको निम्ति नै भएकाले पार्टी कसैले चाहदैमा नफुट्ने बताए । नेता विश्वकर्माले जिवन्त पार्टी भित्र बहस भईरहने भएकाले प्रतिकृयावादी वा विस्तारवादीको सपना चकनाचुर पार्ने गरि र देश भित्र देखिएका समस्या समाधान गर्ने गरि स्थायी कमिटिको निर्णय आउनेमा ढुक्क रहन आव्हान गरे । नेता विश्वकर्माले जनादेशको सम्मान गर्दै अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकार सुखी नेपाली समृद्ध नेपालको अभियानमा प्रतिबद्ध भएर लागिरहेको बताए । उनले एकताको महाधिवेशन सम्म अध्यक्ष केपि शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमै पार्टी संचालन गर्ने र सरकारको नेतृत्व अध्यक्ष ओलीले नै गर्ने समेत दावी गरे । रेडियो प्रतिबोध एफएमको ११औ वार्षिकोत्सव कार्यक्रममा संचालक समितिका उपाध्यक्ष शिव सुनार,दलित सेवा संघ बाँकेका अध्यक्ष कृष्ण विश्वकर्माले रेडियो प्रतिबोध एफएम कोहलपुरका राजनीतिक दल ,नागरिक समाज,संघसंस्था,विद्यालयहरु र कोहलपुरवासी जनताको साझा सम्पति भएको बताएका थिए । रेडियो प्रतिबोध एफएमले कोभिड १९ कोरोनाका कारण यस वर्ष आफ्नै हलमा केक काटेर परिवार भित्र बार्षिकोत्सव मनाएको स्टेशन म्यानेजर हेमन्त विकले बताए । रेडियो प्रतिबोधका स्टेशन म्यानेजर हेमन्त विकले संचालन गरेको कार्यक्रमको अध्यक्षता संचालक समितिका अध्यक्ष बुध बहादुर सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस