२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

पीसीआर रिपोट पोजेटिभ

सुर्खेतका एक थुनुवामा कोरोना संक्रमण पुष्टि, हिरासत कक्ष सिल

आरडीटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनी सहित ६ जनाको पीसीआर परीक्षणका लागि स्वाब पठाइएको थियो
सुर्खेतका एक थुनुवामा कोरोना संक्रमण पुष्टि, हिरासत कक्ष सिल

असार २८ गते २०७७

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । बलात्कार आरोपमा पक्राउ परेका एक थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्ष सिल गरिएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक हाडनाता करणीको आरोपमा असार १४ गते पक्राउ परेका थिए । हिरासतमा रहेका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेस अनुसार २० गते उनको स्वाब संकलन गरिएको थियो । २६ गते आएको पीसीआर रिपोट पोजेटिभ देखिएपछि हिरासत कक्ष सिल गरिएको डीएसपी घर्तीले बताए ।

उनलाई जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा आइसोलेसनमा राखिएको छ । उनको सम्पर्कमा रहेका आफन्त तथा प्रहरी सहित २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागी पठाइएको छ ।

आरडीटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनी सहित ६ जनाको पीसीआर परीक्षणका लागि स्वाब पठाइएको थियो । तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस