१० आश्विन २०७७, शनिबार || 26 Sep 2020, Saturday

विश्वमा हालसम्म ५ लाख ६८ हजार बढीको निधन

थप ८२ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ८सय १ पुग्यो

विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भए, यी सहित हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ
थप ८२ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ८सय १ पुग्यो

असार २८ गते २०७७

आईतबार थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर ८२ जनामा कोरोना संक्रमण देखिएको हो। यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। यीमध्ये काठमाडौं जिल्लामा ५ जना थपिएको उनले जानकारी दिए।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन्। यी सहित हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ। हालसम्म मृतक ३८ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा ३ हजार ९ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। विश्वमा हालसम्म १ करोड २८ लाख बढी संक्रमित भएका छन्। ५ लाख ६८ हजार बढीको निधन भएको छ।

प्रतिक्रिया दिनुहोस