३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

दोषी लाई कानुनको दायरामा ल्याई कारवाही

नगरपालिका भित्रका सबै सरकारी जग्गाको संरक्षण, सुरक्षा गर्छौ : नगर प्रमुख रावत

जग्गाका सम्पुर्ण विवादहरु कानुनी रुपमा हल हुने हुदाँ आम जनसमुदायमा धैर्यता गर्न आग्रह : अध्यक्ष बसन्ती अधिकारी
नगरपालिका भित्रका सबै सरकारी जग्गाको संरक्षण, सुरक्षा गर्छौ : नगर प्रमुख रावत

असार २९ गते २०७७

बाँकेको कोहलपुरस्थित करौडौ मुल्य  पर्ने झन्डै चार बिगाहा सरकारी जग्गा सुकुम्बासी आयोगले वितरण गरेको लालपुर्जा ८ वर्ष पछि कार्यान्वयन गर्न खोजिए पछि चरम विवाद उत्पन्न भएको छ । कोहलपुर नगरपालिका- ४ स्थित सेन्टर प्लाजा जाने बाटोको दायाँबायाँ चार बिगाहा भन्दा बढी सरकारी जग्गा २०६९ चैत्र ९ गते ४१ जना लाई सुकुम्बासीको नाममा लालपुर्जा दिएको ८ वर्ष पछि खुलासा भएको हो । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले सोमबार सो जग्गाको स्थलगत अनुगमन गरेका छन् ।

नगर प्रमुख लुट बहादुर रावतले सातौँ नगर सभा बाट सो जग्गामा कोहलपुर वडा नं ४ को वडा कार्यालयको भवन निर्माण गर्ने निर्णय भएको र टेण्डर समेत आव्हान भएको बताए । नगर प्रमुख रावतले कोहलपुर नगरपालिका भित्रका सबै सरकारी जग्गाको संरक्षणका लागि तारवार गरिने नगर सभाको निर्णय अनुसार उक्त जग्गामा पनि चाडै तारवार गरिने बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले मालपोत कार्यालय बाँकेले सुकुम्बासी आयोगको पुर्जाका आधारमा वडा लाई मालपोत बुझिदिन आग्रह गरि परिपत्र गर्ने र फेरि केहि दिन पछि मालपोत नबुझ्नु भनेर पत्र लेख्ने मालपोतको नियत माथि गम्भिर प्रश्न खडा भएको बताउदै के कति कारणले ४१जनाले जग्गा माथि दावी गरे छानविन गरि दोषी लाई कारवाहीको दायरामा ल्याई कारवाही गरिने बताए ।

सो जग्गाका विषय धेरै पेचिलो बन्दै गए पछि सोमबार स्थलगत अनुगमन गरेको कोहलपुर नगरपालिकाले चाँडै वडा कार्यालय को भवनको सिलान्यास गर्ने जनाएको छ ।नेकपा कोहलपुर नगर अध्यक्ष बसन्ती अधिकारीले बढ्दो शहरीकरण सँगै सार्वजनिक जग्गाको महत्व बढ्दै गएकाले सार्वजनिक जग्गा कब्जा गर्न हैन सुरक्षा गर्न एकजुट हुन आग्रह गरिन् ।नेता अधिकारीले संविधानले भने बमोजिम भुमिहिन,अव्यवस्थित सबैको समस्या समाधानका लागि भुमि आयोगले काम शुरु गरेकोले जग्गाका सम्पुर्ण विवादहरु कानुनी रुपमा हल हुने हुदाँ आम जनसमुदायमा धैर्यता गर्न आग्रह गरिन् ।नेपाली कांग्रेसका नेता भुम भण्डारीले कोहलपुर नगरपालिकाले सार्वजनिक र सरकारी जग्गाहरुको तथ्यांक संकलन गर्ने र अतिक्रमित सम्पुर्ण जग्गाहरु खाली गराउने अभियान थाल्नु पर्ने बताए । सोही जग्गा निण श्रेष्ता कायम नगरि हवाई पुर्जा नेपाल प्रहरी लाई हरि पराजुली नेतृत्वको आयोगले दिएको थियो ।

सन्तोष बस्नेत नेतृत्वको आयोगले निर्णय पनि नगरेको र श्रेष्ता पनि कायम नभएको भन्दै सो प्रहरी लाई दिएको जग्गा ४१ जना सुकुम्बासीको नाममा निवेदकहरु लाई जग्गा बाडे पछि सन्तोष बस्नेत नेतृत्वको आयोग का विरुद्ध नेपाल प्रहरीले मुद्धा दायर गरेको थियो । सो मुद्धा २०६९ देखि २०७६ सम्म चलेको र सर्वोच्च अदालतले प्रहरीको हकदावी नपुग्ने भनि फैसला गरे पछि सन्तोष बस्नेत नेतृत्वको आयोगले दिएको पुर्जा पाएका ४१ ले सो जग्गामा हकदावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस