३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

झोलुङे पुल पनि भत्कियो

कोहलपुर मेयरको बन्दा पुलको स्थलगत अनुगमन,कटान चाडो रोक्न निर्देशन

रानी सामुदायिक वन जाने बाटोको पुल र बन्दा चटार स्थित पुलको निमार्ण मर्मत सम्भारको काम छिटो गर्न निर्देशन : प्रजिअ रामबहादुर कुरुङवाङ
कोहलपुर मेयरको बन्दा पुलको स्थलगत अनुगमन,कटान चाडो रोक्न निर्देशन

असार २९ गते २०७७

कोहलपुर नगरपालिका वडा नं १३ को बन्दा स्थित बाँधमा भएको क्षति र पुनर्निमाणको कामको नगर प्रमुख लुट बहादुर रावत र प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले संयुक्त रुपमा अनुगमन गरेका छन् । २०७३ सालको बाढीले भारत सरकारको सहयोगमा २०२० निर्मित उक्त पुलको उत्तर पुर्विय भाग बाट बाढीले कटान गरे पछि उक्त स्थानको त्रिपक्षिय अनुगमन गरिएको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले बताए । पुनर्निमाणको काम बारे जलस्रोत तथा सिचाई बिभागका आयोजना निर्देशक लोक बहादुर थापाले बाँध निर्माण र कटान बाट बस्ती सुरक्षा बारे प्रकाश पारेका थिए । प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङले कोहलपुर १०को चटार हुदै रानी सामुदायिक वन जाने बाटोको पुल र बन्दा चटार स्थित पुलको निमार्ण मर्मत सम्भारको काम छिटो गर्न निर्देशन दिएका थिए ।कोहलपुरको पर्यटनको केन्द्र पिकनिक स्पटमा रहेको उक्त पुलमा रहेको झोलुङे पुल पनि भत्किएको छ । उक्त पुलहरुको मर्मत र महत्व बारे स्थलगत अनुगमन मा सँगै रहेका कान्तिपुर दैनिकका पत्रकार जे पाण्डे र वरिष्ठ पत्रकार कृष्ण अधिकारीले प्रकाश पारेका थिए ।उक्त स्थलगत अनुगमनमा नेकपा ५ नं प्रदेश कमिटिका सदस्य पुजन विश्वकर्मा र कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख कुलदिप चन्दको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस