२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जाबोध भएछ

प्रचण्ड/बाबुरामले खानलाउन र चल्न नजान्ने भन्दै हेपेु : पूर्वमन्त्री विष्ट

मेरो आदर्श स्खलित भएको दिन! शीर्षक राखेर उनले लेखको स्टाटसमा एकदिन पोखरा एअरपोर्टमा क.प्रचण्ड र क. बाबुरामसँग भीआइपी कक्षमा रहेका बेलाको प्रसंग उप्काएका छन्
प्रचण्ड/बाबुरामले खानलाउन र चल्न नजान्ने भन्दै हेपेु : पूर्वमन्त्री विष्ट

असार ३० गते २०७७

पूर्व मन्त्री एवम्‌ तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले आफूलाई खान(लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेको बताएका छन्‌।विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईले आफूमाथि पोखरा विमानस्थलमा गरेको व्यवहारबारे उल्लेख गरेका हुन्‌। मेरो आदर्श स्खलित भएको दिन! शीर्षक राखेर उनले लेखको स्टाटसमा एकदिन पोखरा एअरपोर्टमा क.प्रचण्ड र क. बाबुरामसँग भीआइपी कक्षमा रहेका बेलाको प्रसंग उप्काएका छन्‌। उनले लेखेका छन्‌, मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जाबोध भएछ क्यारे! मुन्टो निहुराएर कुरा गर्नुभो! मैले सुनिरहे! म अलि पर थिएँ। सारमा लगाउन,खान र चल्न नजान्ने भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो!

प्रतिक्रिया दिनुहोस