३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

कुल संक्रमितको संख्या १७ हजार ६१

मंगलबार थपिए कोरोनाका १ सय १६ संक्रमित

 हालसम्म २ लाख ९३ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ
मंगलबार थपिए कोरोनाका १ सय १६ संक्रमित

असार ३० गते २०७७

मंगलबार मुलुकभर १ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।

त्यस्तै २४ घण्टामा कोरोनाका ३४ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १० हजार ३ सय २८ जना कोरोनाबाट निको भएका छन्। ३८ जना मृतकमा कोरोना देखिएको छ। हालसम्म २ लाख ९३ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस