७ आश्विन २०७७, बुधबार || 23 Sep 2020, Wednesday

बजेट दिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस

कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

अख्तियारको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले हिजो घुस दिएको रकम कार्यकक्षमै छोडी फरार रहेका जोशीलाई आज दिउँसो पक्राउ
कैलालीको जोशीपुर गाउँपालिकाका  सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

असार ३० गते २०७७

कैलालीको जोशीपुर गाउँपालिकाका नायब सुब्बा तथा सूचना अधिकारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले मंगलबार नायब सुब्बा सिद्धराज जोशीलाई ८५ हजार घुससहित पक्राउ गरेको हो।

उनले तालिम सञ्चालन गर्न गाउँपालिकाबाट बजेट दिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। अख्तियारको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले हिजो घुस दिएको रकम कार्यकक्षमै छोडी फरार रहेका जोशीलाई आज दिउँसो पक्राउ गरिएको बताए।

प्रतिक्रिया दिनुहोस