२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

३१ असार , २०७७

चिया पसलमा लागूऔषध कारोबार

मोरङ प्रहरीले लागूऔषध कारोवार गरेको आरोपमा दुई चिया पसल सञ्चालकलाई पक्राउ गरेको छ
चिया पसलमा लागूऔषध कारोबार

मोरङ प्रहरीले लागूऔषध कारोवार गरेको आरोपमा दुई चिया पसल सञ्चालकलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१५, रानीबाट ६० वर्षीया मनकामना झा र ४५ वर्षीया सहेदा खातुनलाई पक्राउ गरिएको हो ।

उनीहरुको रानीमा चिया पसल छ । पसलबाट लागुऔषध बरामद भएपछि उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

विशेष सूचनाका आधारमा पसलमा छापा मार्न मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का आफैँ पुगेका थिए ।

त्यसक्रममा झाको चिया नास्ता पसलबाट तीन बोतल डाइलेक्स डीसी र ३० चक्की नाइट्राभेट ट्याब्लेट लागुऔषध बरामद भएको थियो ।

झासँगै प्रहरीले नजिकै रहेको अर्को चिया नास्ता पसलकी सञ्चालक खातुनलाई पनि पक्राउ गरेको हो ।

उनले चलाएको पसलको छेउमा भेटिएको झोलामा पाँच बोतल कोरेक्स नामक लागुऔषध फेला परेपछि खातुनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

साभार – अनलाइन  खबर

प्रतिक्रिया दिनुहोस