३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

वडा नं ४ को वडा कार्यालय भवनको शिलान्यास

कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले आज कोहलपुर नगरपालिका वडा नं २ को कार्यालय भवनको उदघाटन गरे

सबै वडा कार्यालयको भवन आर्थिक वर्ष २०७७/७८ मा निर्माण गर्ने लक्ष्य : प्रमुख लुट बहादुर रावत
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले आज कोहलपुर नगरपालिका वडा नं २ को कार्यालय भवनको उदघाटन गरे

असार ३१ गते २०७७
कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले आज कोहलपुर नगरपालिका वडा नं २ को कार्यालय भवनको उदघाटन गरेका छन् ।कोहलपुर नगरपालिका वडा नं २ आनन्दनगरको ईन्द्रेणी चोकमा नवनिर्मित आफ्नै भवनमा वडा कार्यालय निर्माण सम्पन्न भई आज बाट आफ्नै भवनमा कार्यालय सरि काम समेत सुचारु भएको वडा अध्यक्ष कर्णसिंह विसिले बताए । वडा कार्यालय को ६ वटा कोठा,सेवाग्राही बस्ने कोठा,शौचालय सहित ८ कोठे नवनिर्मित भवन रु ५५ लाखमा  तयार गरिएको वडा सदस्य टेक बहादुर खत्रीले जानकारी दिए । आजै वडा नं ४ को वडा कार्यालय भवनको शिलान्यास गरेका नगर प्रमुख रावतले आफ्नै कार्यकालमा सबै वडा कार्यालय बनाउने लक्ष्य राखिएको बताए ।

नगर प्रमुख लुट बहादुर रावतले सबै वडा कार्यालयको भवन आर्थिक वर्ष २०७७/७८ मा निर्माण गर्ने लक्ष्य राखिएको बताए । कोहलपुर नगरपालिका वडा नं २ को भवन को उद्घाटन कार्यक्रममा नगर उपप्रमुख सञ्जु कुमारी थारु,नेकपा ५ नं प्रदेश कमिटि सदस्य पुजन विश्वकर्मा , नेकपा नगर अध्यक्ष बसन्ती अधिकारी,वडा का सदस्य टेक बहादुर खत्री,रामकिसुन थारु,बालकुमारी मल्ल,कार्यपालिका सदस्य गिता सुनार,लक्ष्मी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम पुलामी,प्रधानाध्यापक बद्रीनाथ सापकोटा,नेपाली कांग्रेसका नेता गोपालचन्द्र शर्मा,नेकपाका नेता कुमार आचार्य,दलित नेता तेजु विक,समाजसेवी सुरज गिरि र नेकपा वडा कमिटि सदस्य सिता कुमारी विक,दलित संग्रहालयका अध्यक्ष अमर बिक लगायतको सहभागिता रहेको वडा सदस्य बालकुमारी मल्लले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस