२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

एक थान कटुवा पेस्तोल एक राउण्ड गोली समेत बरामद

विप्लवका केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्ज पेस्तोलसहित पक्राउ

१५ दिनअघि मात्र धनगढी १२ जुगेडाबाट विप्लवका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो
विप्लवका केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्ज पेस्तोलसहित पक्राउ

असार ३१ गते २०७७

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जना केन्द्रीय सदस्य र सेती महाकाली ब्युरो इञ्चार्जलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्दै जाँदा धनगढी उप–महानगरपालिका वडा नम्बर ७ वेलीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

विप्लवका केन्द्रीय सदस्य दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बस्ने निर्वाण भन्ने ओम प्रकाश पुनलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले  बताए। उनीसँगै अखिल नेपाल महिला संगठन(क्रान्तिकारी) सेती महाकाली ब्युरो इञ्चार्ज डडेल्धुरा पर्शुराम नगरपालिका वडा न ७ घर भएकी २७ वर्षीया पूर्णिमा भन्ने गौरा धामीलाई समेत पक्राउ गरिएको विष्टले जानकारी दिए।

१५ दिनअघि मात्र धनगढी १२ जुगेडाबाट विप्लवका ६ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियोप्रदेश २–०३–००५ प ९५९७ नम्बरको मोटर साइकलमा सवार उनीहरूलाई चेक गर्दा पुनले बोकेको झोलाभित्र लुगामा लुकाई राखेको अवस्थामा एक थान कटुवा पेस्तोल एक राउण्ड गोली समेत बरामद गरिएको उनले बताए। । उनीहरूलाई हिरासतमै राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस