३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

एक थान कटुवा पेस्तोल, तीन थान गोली, सकेट बम, केही थान सिम बरामद

विप्लव समूहका पूर्वी कमान्डका सैन्य इञ्चार्ज पेस्तोल र बमसहित पक्राउ

विभिन्न ठाँउमा विस्फोटक पदार्थ राखेको, बम विस्फोटन गराएका र हातहतियारसम्बन्धी विभिन्न घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
विप्लव समूहका पूर्वी कमान्डका सैन्य इञ्चार्ज पेस्तोल र बमसहित पक्राउ

असार ३१ गते २०७७

मोरङमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका पूर्वी कमान्डका सैन्य इञ्चार्ज पक्राउ परेका छन्। मंगलबार दिउँसो साढे दुई बजे प्रहरीले ४० वर्षीय नन्दकिशोर भन्ने नन्दबहादुर बोहोरालाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बोहोरालाई प्रहरीले उर्लाबारी नगरपालिका-३ मंगलबारेस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।

उनीबाट प्रहरीले  गरेको छ। डिएसपी राईका अनुसार उनी विभिन्न मुद्दाका फरार प्रतिवादी समेत हुन्। उनले एक थान कटुवा पेस्तोल, तीन थान गोली, सकेट बम, केही थान सिम बरामदअघि विभिन्न ठाँउमा विस्फोटक पदार्थ राखेको, बम विस्फोटन गराएका र हातहतियारसम्बन्धी विभिन्न घटनामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनले २०७४ सालदेखि चैत ११ पथरी शनिश्चरे नगरपालिका-१ मा बम राखेका थिए। त्यस्तै, २०७६ जेठ १३ गते सुन्दरहरैचा नगरपालिका-७ ठडियामा प्रेसर कुकर बम, माघ ५ गते मिक्लाजुङ गाउँपालिका-१ साकेलाथानमा तीन वटा स्काभेटरमा बम विस्फोटन गरेका थिए। त्यस्तै, उनले माघ १२ गते केरावारी गाउँपालिका-२ स्थितको एनसेल टावर लगायतमा समेत विस्फोटन गराएका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश-१ प्रहरी कार्यालयबाट गएको संयुक्त टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस