३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

आज बिहान ११ बजे बैठक

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दै

यसअघिका बैठकहरुमा पनि बैठक अघि दुई अध्यक्षबीच सहमति बनाउन नियमित बैठक भने बसिरहेको छ
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दै

साउन २ गते २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । पछिल्लो पटक एक साताका लागि स्थगित गरिएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। यसअघि पार्टी भित्रको आन्तरिक विवाद व्यवस्थापन हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगित हुने गरेको थियो।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधब कुमार नेपाल बीच बिहिबार पार्टीमा देखिएको आन्तरिक विवाद समाधानका लागि छलफल भएको थियो । उक्त छलफलमा तीन नेता बीच कुनै सहमति भने हुन सकेन । यसअघिका बैठकहरुमा पनि बैठक अघि दुई अध्यक्षबीच सहमति बनाउन नियमित बैठक भने बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस