३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

 गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन

आज नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो
आज नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दै

साउन २ गते २०७७

दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार सचिवालय बैठक बोलाएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो।

शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले  बताए। दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। गत असार ६ गतेदेखि सचिवालय बैठक बसेको छैन।

प्रतिक्रिया दिनुहोस