३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

३ साउन , २०७७

सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले थाले खुला सत्याग्रह

१२ बुँदे सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले फेरि सत्याग्रह सुरु गरेका छन्
सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले थाले खुला सत्याग्रह

१२ बुँदे सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले फेरि सत्याग्रह सुरु गरेका छन् । इनफ इन इनफ अभियानमा आवद्ध युवाहरुले शनिबार मध्यहृन १२ बजेबाट बसन्तपुर क्षेत्रमा सत्याग्रह सुरु गरेका हुन् ।

खुला सत्यग्रहमा नाम दिइएको यो अनसनमा इच्छुक व्यक्ति आफूले चाहेको समय अवधि अनुसार बस्न सक्नेछन् । तर सत्याग्रह अवधिभर खाना, पानी केही पनि खान पाइने छैन ।

ईः भने अनिश्चितकालीन सत्याग्रहमा बस्ने बताएका छन् ।

यसअघि ईः र पुकार बम १२ दिनसम्म आमरण अनसनमा बसेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ बुँदे सहमति गरेको थियो । सहमतिमा  जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्नेगरी एक हप्ताभित्र हालको निर्देशिका परिमार्जन गर्ने उल्लेख थियो  ।

तर सहमति कार्यान्वयन नभएको अभियान्ताहरुले बताएका छन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस