३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

४ साउन , २०७७

भारतमा एकैदिन भेटिए ३८ हजार ९०२ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन्
भारतमा एकैदिन भेटिए ३८ हजार ९०२ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ६१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ५४३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको छ ।

भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ भने तामिलनाडुमा एक लाख ६५ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दिल्लीमा पनि एक लाख २१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् ।

भारतमा कोरोना भाइरसको संक्रमणसँगै परीक्षण संख्या पनि बढाइएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख ५८ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको भारतीय अयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर)ले बताएको छ । अहिलेसम्म भारतमा एक करोड ३७ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको आईसीएमआरले बताएको छ ।

भारतमा अहिलेसम्म ६ लाख ७७ हजार ४२३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस