३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

६ साउन , २०७७

कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण थपिएका छन्
कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ थपिएका मध्ये १० जना दैलेखका हुने भने दुईजना सल्यानका रहेका छन् ।

दैलेखको दुल्लु नगरपालिकाका ४ पुरुष, नारायण नगरपालिकाका दुई महिलासहित पाँचजना रहेका छन् भने गुराँस गाउँपालिकाका एक पुरुष रहेका छन् ।

अन्य दुईजना सल्यानको कुमाख गाउँपालिकाका र बनगाड कुपिन्डे नगरपालिकाका युवक रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७६१ पुगेको छ ।

यस्तै, मंगलबार दुई महिलासहित १४ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १५५३ पुगेको छ ।

कर्णालीमा २२२ जना आइसोलेसनमा रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस