२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

२००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस

पुष्पलाल चोकमा नेकपा बाँकेको आयोजनामा कार्यक्रम बिहान ८ बजे :नेकपा बाँकेका कार्यालय सदस्य अशोक कर्माचार्य
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस

साउन ७ गते २०७७

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस। नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन्। दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए। १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भएको थियो। आज प्रदेश ५ को बाँके जिल्ला नेपालगञ्ज उपमहानगर स्थित पुष्पलाल चोकमा नेकपा बाँकेको आयोजनामा कार्यक्रम बिहान ८ बजे राखिएको नेकपा बाँकेका कार्यालय सदस्य अशोक कर्माचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस