३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन

पुराना कम्युनिस्ट नेता तथा पुर्व सांसद बरमन बुढाको निधन

बरमन बुढा रोल्पा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए
पुराना कम्युनिस्ट नेता तथा पुर्व सांसद बरमन बुढाको निधन

साउन ७ गते २०७७
पुराना कम्युनिस्ट नेता तथा पुर्व सांसद बरमन बुढाको निधन भएको छ। रोल्पाको थबाङ घर भएका बुढाको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो । आन्द्राको क्यान्सर पीडित बुढाको एक वर्षदेखि उपचार हुँदै आएको थियो। २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट ९ जना सांसदमा विजयी भएका थिए। तीमध्ये बरमन बुढा रोल्पा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। उनी तत्कालीन नेकपा (माओवादी)को जनयुद्धमा समेत होमिएका थिए।

प्रतिक्रिया दिनुहोस