१२ आश्विन २०७७, सोमबार || 28 Sep 2020, Monday

७ साउन , २०७७

चार महिनापछि सुरु भयो मापसे जाँच

कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ
चार महिनापछि सुरु भयो मापसे जाँच

कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ ।

बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘सावधानी अपनाउँदै जाँच गर्छौं, मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्छौं ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उनले बताए ।

महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।

साभार – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस