८ आश्विन २०७७, बिहीबार || 24 Sep 2020, Thursday

साउन ७, २०७७

१० वर्षमा पनि पत्ता लागेन सञ्चार उद्यमी हेमराज धितालको हत्यारा

हत्या भएको एक दशक पुगिसक्दा पनि हत्यारा पत्ता लागेको छैन
१० वर्षमा पनि पत्ता लागेन सञ्चार उद्यमी हेमराज धितालको हत्यारा

तुलसीपुरका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’को हत्या भएको एक दशक पुगेको छ। तर, हत्या भएको एक दशक पुगिसक्दा पनि हत्यारा पत्ता लागेको छैन। धिताल हत्याका सम्बन्धमा २०६७ सालमा तत्कालीन एआइजी किरण गौतम नेतृत्वको अनुसन्धान टोलील ९८ प्रतिशतसफलता हासिल गरिसकेको दाबी गरेको थियो।

मंगलबार १० स्मृति सभा गर्दासम्म प्रहरीले बाँकी दुई प्रतिशत अनुसन्धानको टुंगो लगाएको छैन। विगतमा सञ्चार उद्यमी  धिताल हेमराज प्रतिष्ठानले औपचारिक कार्यक्रम गर्दै आएको थियो। तर, यस पटक कोरोनाको कारणले  धितालको शालिकमा माल्यार्पण र  रक्तदान मात्र ग¥यो। त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिको केन्द्रीय कार्यालय तुलसीपुरको परिसरमा रहेको स्वर्गीय धितालको शालिकमा माल्यापर्ण कार्यक्रमा धितालकी छोरी मनिषा धितालले बुवाको हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई आग्रह गरिन्। उनले १० वर्षसम्म पनि आफ्ना बुवाको हत्यारा पत्ता लगाउन नसक्दा प्रहरी प्रशासनको समेत विश्वास नलाग्ने बताइन्।

यता प्रहरीले भने धिताल हत्याको फाइलको अध्ययन र अनुसन्धान सुरु गरेको बताएको छ। कार्यक्रममा पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले २०६७ साउन ६ मा एक समूहले धितालको गोली हानी हत्या गरेको सम्बन्धमा बिगतमा गरिएको अनुसन्धान र बिश्लेषणलाई अध्ययन गरिरहेको बताए।  ‘१५ दिन भयो, धिताल हत्याको फाइललाई अध्ययन गर्न सुरु गरेको,’ उनले भने, ‘इप्रका तुलसीपुर सरुवा भई आएको झण्डै डेढ महिनाको अवधिमा लकडानका कारण अन्य विषयमा र बाँकी १५ दिनपछि अनुसन्धान फाइललाई अध्ययन गरीरहेको छु।’

त्यसैगरी दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नवौं स्मृति कार्यक्रममा गरिएको प्रतिवद्धता पूरा गर्न नसकेको स्वीकारे। यद्यपि, अनुसन्धान भने जारी रहेको बताए।  धितालको २०६७ साउन ६ मा साविक उरहरि गाबिसको हेमनगरमा अपराह्न साँढे ५ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। उनी राप्ती सञ्चार सेवाद्वारा सञ्चालित रेडियो तुलसीपुरका अध्यक्ष थिए।

साभार – थाहा खबर

प्रतिक्रिया दिनुहोस