३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

मन्त्रिपरिषदको बैठकले राखेपको नयाँ सदस्य सचिवमा १ जना छनोट गर्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका निवर्तमान सदस्य सचिव रमेश सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा र राष्ट्रिय भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठको नाम सिफारिस

राखेपको सदस्य सचिव बन्नको लागि ३० वर्ष पूरा भएको, नेपाली नागरिक भएको, स्नातक पास भएको, खेलकुद क्षेत्रमा ५ वर्ष काम गरेको र प्रचलित कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका निवर्तमान सदस्य सचिव रमेश सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा र राष्ट्रिय भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठको नाम सिफारिस

साउन ७ गते २०७७
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि ३ जनाको नाम युवा तथा खेलकुद मन्त्रालयमा सिफारिस भएको छ । मन्त्रालयले बनाएको ३ सदस्यीय सिफारिस समितिले आवेदन दिएका मध्येबाट ३ जनाको नाम छनोट गरेको हो । समितिले निवर्तमान सदस्य सचिव रमेश सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा र राष्ट्रिय भलिबल टिमकी पूर्व कप्तान अन्जु श्रेष्ठको नाम सिफारिस गरेको हो । अब मन्त्रालयले ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ र मन्त्रिपरिषदको बैठकले राखेपको नयाँ सदस्य सचिवमा १ जना छनोट गर्नेछ ।

पहिलो पटक खुल्ला प्रतिस्पर्धाका आधारमा छनोट हुन लागेको सदस्य सचिवका लागि खेलकुद देखि राजनीतिक क्षेत्रका व्यक्तिहरुले समेत आवदेन दिएका थिए । राखेपको सदस्य सचिव बन्नको लागि नयाँ ऐनमा ५ योग्यता तोकिएको छ । जसमा ३० वर्ष पूरा भएको, नेपाली नागरिक भएको, स्नातक पास भएको, खेलकुद क्षेत्रमा ५ वर्ष काम गरेको र प्रचलित कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलिया, रिम रानाभाट र इन्दिरा निरौला रहेको सिफारिस समितिले आवदेन दिएका २७ जनाबाट उनीहरुको नाम छनोट गरेको हो ।

प्रतिक्रिया दिनुहोस