८ आश्विन २०७७, बिहीबार || 24 Sep 2020, Thursday

८ साउन , २०७७

खोलाले बगाउँदा अर्घाखाँचीमा एक जनाको मृत्यु

नुहाउने क्रममा खोलाले बगाउँदा अर्घाखाँची शितगंगा १४ का ५८ वर्षीय  कर्णबहादुर दर्जीको मृत्यु भएको छ
खोलाले बगाउँदा अर्घाखाँचीमा एक जनाको मृत्यु

नुहाउने क्रममा खोलाले बगाउँदा अर्घाखाँची शितगंगा १४ का ५८ वर्षीय  कर्णबहादुर दर्जीको मृत्यु भएको छ।  घर नजिकै स्थानिय  वाणगंगा खोलामा नुहाउन  गएका दर्जीलाई खोलाले बगाएको थियो। नुहाउन गएका दर्जीलाई खोलाले बगाएर कपिलवस्तु वाणगंगा ८ मधुवन नजिकै खोलाको किनारमा प्रहरी र स्थानीयले सब बिहीबार बिहान फेला पारेको इलाका प्रहरी कार्यालय  ठाडाका नायव निरीक्षक सालीकराम खनालले बताए। बुधबार दिउँसो खोलाले दर्जीलाई बगाएपछि अर्घाखाँचीको सिमलपानी प्रहरी चौकीका प्रहरी जवान र स्थानीयले खोजी कार्यलाई तिव्र पारेका थिए। तर दर्जीलाई खोलाले बगाएर धेरै टाढा लगेपछि ईप्रका पिपराको प्रहरी टोलीले मधुवन नजिकै खोलाको किनारमा सब फेला पारेको हो। शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाईएको ईप्रका पिपराका प्रहरी निरीक्षक आयुष कुमार जोशीले जानकारी दिए।

साभार – थाहा खबर

प्रतिक्रिया दिनुहोस