१ आश्विन २०७७, बिहीबार || 17 Sep 2020, Thursday

८ साउन , २०७७

भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई नियन्त्रणमा लिएको छ
भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँसहित अस्पतालबाट नियन्त्रणमा लिएको शाखा अधिकृत मिनराज थापाले बताए । थापाका अनुसार खनालको कार्यकक्षमा रहेको दराजबाट उक्त रकम बरामद भएको हो ।

विभिन्न फर्म तथा पसलेहरुबाट लिएको कमिसन तथा चेक रकम खनालले आफ्नै कार्यकक्षमा राखेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको थापाले बताए ।
साभार – अनलाइन खबर
प्रतिक्रिया दिनुहोस