३० भाद्र २०७७, मंगलवार || 15 Sep 2020, Tuesday

९ साउन , २०७७

कोही किन सधै जवान देखिन्छन् ?

मानिसले गुजारेको उमेर र उसले महसुष गर्ने उमेरको अन्तरले शरीरमा कस्तो प्रभाव पार्छ ?
कोही किन सधै जवान देखिन्छन् ?

मानिसले गुजारेको उमेर र उसले महसुष गर्ने उमेरको अन्तरले शरीरमा कस्तो प्रभाव पार्छ ? केही समयअघि सार्वजनिक एक अध्ययनको निचोड छ, ‘मान्छेको सोचले उनको उमेर–अन्तरलाई प्रभावित बनाउँछ । कसैले आफुलाई बुढो हुँदै गएको महसुष गर्छ भने उनीहरुमा त्यही किसिमको परिवर्तन देखिन्छ । यदि कसैले आफुलाई जवान महसुष गर्छ भने उनीहरु युवा एवं जवान नै देखिन्छन् ।’

जवान महसुष गर्ने व्यक्तिहरुले त्यही अनुसारको खानपान, जीवनशैली अपनाउँछन् । पहिरन शैली वा आफ्नो रुपरंगमा ध्यान दिन्छन् । उनीहरुको कार्य-क्षमता पनि त्यही अनुसार हुन्छ ।

यही प्रसंगमा बिबिसीमा एक लेख छापिएको थियो । उक्त लेख अनुसार जब कसैले आफुलाई जवान सोच्छ भने उनीहरु नयाँ प्रयोग गर्न रुचाउने, जोखिम लिन तयार हुने मनोवृत्ति हुन्छ । उत्सुकता, उर्जा, जाँगर आदिले उनीहरुमा सधै युवापन रहिरहन्छ ।

लेखमा उल्लेख छ, ‘जो मानिस मनबाट जवान रहन्छन्, यस्तो होइन कि उसमा कच्चापन रहिरहन्छ । यद्यपि बढ्दो उमेरसँगै आफुलाई जवान महसुष गर्ने व्यक्तिलाई डिप्रेशनको भय हुँदैन । उसको मस्तिष्कको प्रतिरक्षा क्षमता बलियो हुन्छ । उनीहरु विर्सने समस्याबाट ग्रसित हुँदैनन् । रोगले च्याप्दैन ।’

हामी स्वय्मलाई जति उमेरको महसुष गर्छौं, त्यस हिसाबले हामी स्वस्थ्य हुनु केही कारण हुन्छन् । सबैभन्दा ठूलो कारण त यो हो कि, बढ्दो उमेरसँगै मानिसमा बढ्यौली आउँछ । तर, जो व्यक्ति स्वयम्लाई जवान ठान्छन्, उनीहरु जवानीमा जस्तै घुमफिर गर्ने, खाने, रमाइलो गर्ने, हाँसीमजाक गर्ने सोच्छन् । यसले उनीहरुको स्वास्थमा राम्रो प्रभाव पार्छ ।

तर, अर्को पाटो यस्तो छ ।

यदि मानिस डिप्रेसनमा छन्, दिमाग तगडा छैन, कुनैपनि कुरा राम्ररी सम्झन सक्दैन, आफुलाई बुढो हुँदै गएको ठान्छ । यदि यस्तो ठान्छन् भने उनीहरुको स्वास्थमा निकै खराब असर परिरहेको हुन्छ । आफ्नो वास्तविक उमेरभन्दा पनि बुढो ठान्नेहरु वास्तवमै बुढो हुँदै जान्छन् र उनीहरुलाई अनेक किसिमको रोगले च्याप्दै लान्छ ।

समग्रमा भन्नुपर्दा, तपाईंको उमेर जतिसुकै होस् । त्यसले केही फरक पार्नेवाला छैन । तर, तपाईंको सोंचले गहिरो फरक पार्छ । तपाईं आफुलाईं जति जवान ठान्नुहुन्छ, वास्तवमा उत्तिनै जवान रहनुहुन्छ । बुढो ठान्नुहुन्छ भने निश्चय पनि बुढ्यौलीले गाँज्नेछ ।

हामीले आफ्नो जन्म मितिको आधारमा आफु बुढो वा जवान भएको गणना गर्छौं । बर्षको गणना अनुसार हामीले आफुलाई बालक, किशोर, युवा, वयस्क, बुढो भन्दै विभाजित गर्छौं । जस्तो १२ बर्षसम्मको उमेरलाई वाल्यकालको रुपमा लिइन्छ भने त्यसपछि किशोर चरण । यसरी नै २०, २५, ३०, ४० गर्दै हामी उमेरको गणना गछौं र त्यही अनुरुप कुन उमेर–चरणमा छौं भन्ने निक्र्यौल गर्छौं । त्यसो भए उमेरकै आधारमा हामी युवा वा बुढो हुने हो ?

निश्चय पनि उमेरले हाम्रो सोंच, विचारदेखि शरीरसम्मलाई प्रभाव पार्छ । जति जति उमेर बढ्दै जान्छ, हामीमा थप परिपक्कता पनि आउँदै जान्छ । उमेर अनुसार नै हाम्रो रुपरंग फेरिदै जान्छ । अंगहरुको कार्यक्षमता पनि बद्लिदै जान्छ । तर, उमेरको गणनाले मात्र कोही व्यक्ति बुढो हुने वा कोही जवान रहने भन्ने हुँदैन । ओशो भन्छन्, ‘कोही जन्मदै बुढो हुन्छन् । कोही ५०–६० बर्षमा समेत युवा रहन्छन् ।’ उनको तर्क के छ भने युवा वा बुढो देखिनु भनेको उमेरसँग सम्बन्धित कुरा होइन । बरु, उनको सोंच–चिन्तन, कार्य-क्षमता आदिमा यो सबै कुरा निर्भर रहन्छ ।

ओशोका अनुसार जो व्यक्तिमा उर्जा, उत्साह, उमंग, उत्सुकता, जाँगर रहन्छ, उनीहरुमा युवा हुन्छन् । युवालाई उनले उमेरले भन्दा पनि गुणले मापन गर्नुपर्ने उनको धारणा छ ।

वैज्ञानिकले यस मानसिकतामाथि अध्ययन गरिरहेको रहेछ । यस अध्ययनले केही घतलाग्दा कुरा सतहमा ल्याइदिएको छ । तपाईं आफुलाई जति उमेरको महसुष गर्नुहुन्छ, त्यसले तपाईंको उत्कृष्ट वा खराब प्रदर्शनमा गहिरो सम्बन्ध राख्छ । यससँग तपाईंको शरीरको पनि गहिरो नाता छ ।

मानिसले आफ्नो उमेर जति महसुष गर्छ, यसले उनको तमाम निर्णयलाई प्रभावित गर्छ । आफुलाई जति जवान वा पाको महसुष गर्छन्, त्यही हिसाबले जिन्दगीको निर्णय लिन्छन् । उमेर महसुष गर्दाको प्रभाव यत्तिमै सकिदैन । तपाईं आफुलाई जति जवान महसुष गर्नुहुन्छ, त्यसको प्रभाव तपाईंका स्वास्थ्यमा पनि पर्छं ।

फ्रान्सको मोन्टपेलियर युनिभर्सिटीको यान्निक स्टिफेनले १७ हजारभन्दा बढी मध्य उमेर र बृद्धमाथि यस्तै एक अध्ययन गरेका थिए । यसमध्ये धेरैजसोले आफ्नो खुद उमेरभन्दा आठ बर्ष कम उमेरको महसुष गरेको पाइएको थियो ।

तर, कतिपय मानिस यस्ता पनि थिए, जो आफ्नो उमेरभन्दा आफुलाई बढी पाको ठान्ने गर्थे । उनीहरुमा गंभिर चिन्ता थियो । आफ्नो असली उमेरभन्दा आठ–दश बर्ष बढी महसुष गर्नेको मर्नेको आशंका १८–२५ प्रतिशत बढी देखिएको छ । यस क्रममा उनीहरुलाई विराम हुने आशंका पनि अरुको तुलनामा उच्च हुन्छ ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस