२९ भाद्र २०७७, सोमबार || 14 Sep 2020, Monday

९ साउन , २०७७

साम्राज्ञी विरुद्ध भूवनले गरे मुद्दा दायर

नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन्
साम्राज्ञी विरुद्ध भूवनले गरे मुद्दा दायर

नायक भूवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका छन् । नायक केसीले जिल्ला अदालत काठमाण्डौमा साम्राज्ञी विरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

नायक केसीले साम्राज्ञी विरुद्ध मानहानीको मुद्दा दर्ता गरेका हुन् । बिहिबार उनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको वुझिएको छ ।

नायक केसी र नायिका शाहविच विगत केही समयदेखि सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको थियो । साम्राज्ञीले आफ्नो इज्जतमा नै दाग लगाउने गरि केही शब्द प्रयोग गरेको भन्दै भूवनले मुद्दा दर्ता गरेका हुन् । साथै, नायक केसीले चलचित्र ‘ड्रिम्स’को बिषयलाई लिएर भैरहेको विवाद र जापान पुग्दा साम्राज्ञीले लगाएको दुव्र्यवहारको बिषयलाई पनि आफ्नो उजुरीमा समावेश गरेको वुझिएको छ ।

नायक केसीले भने यो बिषयमा केही पनि बोल्न चाहेनन् । उनले, अब यो बिषय अदालतमा प्रवेश गरेकाले सबै कुरा अदालतले नै फैसला गर्ने प्रतिक्रिया दिएका छन् ।

साभार – अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस