३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

उद्देश्य व्यक्तित्व र नेतृत्व विकास

जेसीजमा सक्षम युवाहरुको आर्कषण सामाजिक सेवाका लागि नमूना संस्था :सांसद अथक

कोहलपुरमा नेपाल जेसीज क्षेत्र ‘घ’ अन्तर्गत नेपालको गैडाकोटदेखि नेपालको पश्चिम क्षेत्रमा पर्ने ४९ वटा शाखाका अध्यक्षहरु राष्ट्रिय सम्मेलनमा सहभागी
जेसीजमा सक्षम युवाहरुको आर्कषण सामाजिक सेवाका लागि नमूना संस्था :सांसद अथक

साउन १० गते २०७७
नेकपाका नेता एंव बाँके क्षेत्र नं १ का सांसद महेश्वर गहतराज अथकले जेसीजले सामाजिक सेवाका लागि नमूना संस्था भएको बताएका छन । जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । जेसीजमा समाज सेवाका साथै राजनीतिका क्षेत्रमा नेतृत्व विकाससँगै सक्षम युवाहरुको आर्कषण बढेको बताए ।
सांसद अथकले राजनैतिक नेतृत्वको हिसाबले आफु कोहलपुरको बिकासको साथै जेसिसको संस्थागत बिकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले कोरोना महामारी, लगायत बिपतका समयमा जेसिसले खेल्ने गरेको भुमिका प्रशंसनिय रहेको बताएका थिए ।

बाँकेको कोहलपुरमा नेपाल जेसीज क्षेत्र ‘घ’ अन्तर्गत नेपालको गैडाकोटदेखि नेपालको पश्चिम क्षेत्रमा पर्ने ४९ वटा शाखाका अध्यक्षहरु राष्ट्रिय सम्मेलनमा सहभागी छन । कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालले जेसीजले नेपालमा रहेका चार वटा क्षेत्र मध्ये क्षेत्र ‘घ’ अन्तर्गतका शाखाहरुको भेला भएको जानकारी दिए ।
उनका अनुसार यस क्षेत्रका शाखाहरुले गत वर्ष गरेका प्रगति, विभिन्न विषयमा छलफल, अन्तरक्रिया तथा आगामी रणनीति निर्माण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । विद्यमान कोरोना कहरलाई मध्यनजर गर्दै डब्लुएचओले निर्धारण गरेको मापदण्ड अनुसार सम्मेलनको भई रहेको जानकारी दिए ।

विपत्तको बेला जेसीज अभियान मार्फत समाजको तल्लो स्तरमा रहेका नागरिकहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा खाका समेत तयार गरिने नेपाल जेसीजकी राष्ट्रि«य कार्यकारी उपाध्यक्ष शोभा खरेल भट्टराईले बताइन् ।

नेपाल जेसीज अन्तर्गत अहिले १ सय ५६ वटा शाखा रहेका छन् भने विश्वमा १२० वटा राष्ट्र«मा यसको सेवा रहेको छ । उनका अनुसार संस्थाको उद्देश्य भनेको व्यक्तित्व विकास र नेतृत्व विकास गर्ने हो । उनले जेसीज सामाजिक संस्था नभई व्यक्तिगत विकासलाई प्राथमिकतामा राख्ने संस्था रहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस