३१ भाद्र २०७७, बुधबार || 16 Sep 2020, Wednesday

विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता

नाग देवताको पूजाआराधना गरी शनिवार नागपञ्चमी मनाईंदै

बाँके, बर्दियालगायत पश्चिम तराईका जिल्लाका मधेशी समुदायमा बिहान ‘घुघरी’ अर्थात चना खाने चलन
नाग देवताको पूजाआराधना गरी शनिवार नागपञ्चमी मनाईंदै

साउन १० गते २०७७
नाग देवताको पूजाआराधना गरी शनिवार नागपञ्चमी मनाईंदै छ । नागपञ्चमी, प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्परानुसार घरघरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइन्छ ।
मधेशी समुदायमा यसलाई ‘गुडिया’ पर्व भनेर मनाइन्छ । बाँके, बर्दियालगायत पश्चिम तराईका जिल्लाका मधेशी समुदायमा बिहान ‘घुघरी’ अर्थात चना खाने चलन रहेको छ । यस्तै बेलुकी पख लत्ताकपडाको गुडिया बनाएर गाउँघरका केटीहरुले चौराहामा लगेर फाल्छन् भने केटाहरुले त्यसलाई लठ्ठीले पिट्ने गर्दछन् ।
यस्तै हिन्दु धर्मावलम्बीहरुले घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्दछन् । यस्तो गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस